ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्राइम सहकारी ठगी: सात जना पुर्पक्षका लागि थुनामा


एबीसी न्यूज
७ असार २०८१, शुक्रबार   १२ : १५   बजे

काठमाडौं ७ असार । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ४, ग्रैह्रपाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना अभियोगमा सात जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । सहकारीको डेढ अर्बभन्दा बढी रकम अपचलन मुद्दामा कास्की जिल्ला अदालतका न्यायाधीश रामचन्द्र शर्माको इजलासले बिहीबार उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।

सहकारीको ठगीमा मुख्य योजनाकार मानिएका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रमणि पौडेल, व्यवस्थापक निरु थापासहित सञ्चालक समितिका बहालवाला र पूर्व पदाधिकारीलाई थुनामा पठाइएको हो । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जेठ २७ गते ६५ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

अदालतमा उपस्थित नौमध्ये बाँकी दुई जनालाई भने धरौटीमा छाड्न आदेश भएको छ । सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङसँग ३५ लाख र राष्ट्रिय सहकारी बैङ्कका पूर्व कर्मचारी सन्तोष घिमिरेसँग एक लाख धरौटी माग भएको थियो । गुरुङ धरौटी बुझाएर रिहा हुँदा घिमिरे भने अर्को अर्को सहकारी ठगी मुद्दामा कारागारमै हुनुहुन्छ ।

प्राइमका निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइराला, अध्यक्ष शङ्कर कार्की, पूर्व कोषाध्यक्ष कुल दीप भट्टराई, कर्जा अधिकृत सुनिल थापा र उत्तम मगरलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो ।

बलराम चापागाईँ समेतको जाहेरीले ६५ जनालाई प्रतिवादीसँग आठ देखि १० वर्षसम्म कैद सजाय तथा एक अर्ब ५७ करोड १५ लाख आठ हजार एक सय २४ रुपैयाँ बिगो माग दाबीसहित आरोप पत्र दर्ता भएको छ । ५६ जना अझै फरार छन् ।

वादी नेपाल सरकारतर्फ जिल्ला सरकारी वकिलको कार्यालय कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा, सहायक जिल्ला न्यायाधिवक्ता विपिनराज तिवारीले र प्रतिवादीका तर्फबाट डेढ दर्जन कानुन व्यवसायीले तीन दिनसम्म बहस गरेका थिए ।

कास्कीमा चालु आर्थिक वर्षमा सात सहकारीको अनुसन्धान गरी प्रहरीले मुद्दा दर्ता गरेको छ । ती सहकारीमा चार अर्ब ५९ करोड १८ लाख २७ हजार चार सय सात रुपैयाँ अपचलन भएको देखिन्छ । यी मुद्दामा एक सय ८९ प्रतिवादी रहेकोमा एक सय १९ जना फरार छन् भने २८ पुर्पक्षका लागि थुनामा छन् । जिल्ला र उच्च अदालतको आदेशमा २८ धरौटीमा रिहा भएका छन् ।

प्राइमको ठगी प्रकरणमा आठ जना सरकारी कर्मचारी, केही लेखा परीक्षक, पूर्व अध्यक्ष, प्रदेश सरकारका सचिव, सहकारी रजिस्ट्रारसमेत मुछिएका छन् । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले बाँकी फरार अभियुक्तहरूको खोजी भइरहेको जनाउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group