ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२ करोड ७१ लाख रुपैयाँ बराबरको भेपसहित पाँच जना पक्राउ


एबीसी न्यूज
७ असार २०८१, शुक्रबार   १२ : २१   बजे

काठमाडौं ७ असार । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले अवैध रूपमा भारतर्फ लैजाँदै गरेको ५८ कार्टुन भेप इलेक्ट्रिक चुरोट सहित ५ जनालाई नियन्त्रणमा लिएको छ ।

हेटौंडा–११ स्थित थानाभर्‍याङमा वाग्मती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरीबाट संयुक्तरुपमा खटिएको टोलीले विहीबार राति करिब ८ बजेको समयमा काठमाडौंबाट हेटौंडा हुँदै भारतको दिल्लीतर्फ जान लागेको ना।६ ख ७१६३ नम्बरको यात्रुवाहक बसबाट करिब २ करोड ७१ लाख २१ हजार ७८० रुपैयाँ मूल्य बराबरको अवैध भेपसहित उनीहरुलई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले शुक्रबार पत्रकार सम्मेलन गर्दै अवैधरुपमा भन्सार छलेर भेप ओसारपसारमा सक्रिय दोलखा भीमश्वेर नगरपालिका–२ का ३७ वर्षीय सलाम मोक्तान, कटारी नगरपालिका–११, उदयपुरका २७ वर्षीय प्रविन्द्र राना, दुप्चेश्वर गाउँपालिका, नुवाकोटको ३९ वर्षीय इन्द्रबहादुर दर्जी र ३० वर्षीय सन्तोष भुषाल, धनकुटा बेलार नगरपालिका–१६ का २९ वर्षीय राजकुमार हिमाङलाई सार्वजनिक गरेको छ ।

मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सीताराम रिजालका अनुसार पक्राउ परेकाहरुले बसका यात्रु बस्ने सिटमाथि सिलिङको भागमा फल्स वटम बनाएर लामो समयदेखि विभिन्न सामानहरु अवैधरुपमा भन्सार छलेर तस्करी गर्दै आएको पाइएको छ ।

‘प्रारम्भिक अनुसन्धान अनुसार चिनियाँ नाका भएर भेप नेपाल भित्रिएको देखिन्छ । हामीले आवश्यक कागजपत्र केही नभएपछि थप अनुसन्धानका लागि राजस्व विभाग पथलैया पठाउने भएका छौं ।’, उनका अनुसार तस्कारीमा प्रयोग गरिएको बस नेपाल दिल्ली चल्ने आधिकारिक बस होइन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group