ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थमन्त्री गुरुङले माफी मागेपछि सुरु भयो गण्डकी संसद् बैठक


एबीसी न्यूज
७ असार २०८१, शुक्रबार   १ : ४१   बजे

काठमाडौं ७ असार । अर्थमन्त्री डा.टंकराज गुरुङले संसद्‌बाटै माफी मागेपछि गण्डकीको प्रदेशसभा बैठक सुरु भएको छ । बजेट वक्तव्यमा बिग्रिएको हिसाब मानवीय त्रुटि भएको भन्दै अर्थमन्त्री गुरुङले माफी मागेपछि शुक्रबार प्रदेशसभा बैठक सुरु भएको हो ।

एमाले उपनेता लीलाबहादुर थापाले बिहीबार बजेटको पूरा अङ्क र खर्च व्यहोर्ने स्रोतको शीर्षक नमिलेपछि संसद् चल्न नदिने चेतावनी दिएका थिए । उनको चेतावनीपछि प्रमुख प्रतिपक्षी एमाले र प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले अवरोध गरे ।

त्यसपछि संसद् बैठक रोकिएको थियो । प्रतिपक्षीले सरकारबाट प्रष्टीकरण नआएसम्म संसद् चल्न नदिने बताएका थिए । शुक्रबार अर्थमन्त्री गुरुङले सङ्घ सरकारबाट प्राप्त हुने सशर्त अनुदानको रकम संशोधन गरेपछि सदन अघि बढेको हो ।

‘बजेट वक्तव्यको बुँदा १३८ को कूल व्ययको अनुमान र १३९ को कूल आयको अनुमानको स्रोतगत योगफलमा भिन्नता रहेको भनी औँल्याउनुभएको ब्यहोरा र सुझावप्रति कृतज्ञता व्यक्त गर्दछु । मनसायरहित रूपमा भएको मानवीय त्रुटिका लागि गल्ती स्वीकार गर्दै सो बुँदालाई थप स्पष्टताका साथ अद्यावधिक गरी सोको विवरण माननीय सदस्यहरूले प्राप्त गर्ने गरी पिजन होलमा उपलब्ध गरिएको ब्यहोरा अनुरोध छ,’ उनले भने ।

सरकारले बजेट वक्तव्यको बुँदा नम्बर १३९ अर्थात् खर्च व्यहोर्ने शीर्षकको बुँदामा सशर्त अनुदान थप गरेको छ । यसअघि ३ अर्ब १० करोड मात्रै रहेकोमा त्यसलाई थपेर ३ अर्ब ५९ करोड पुर्‍याइएको हो । ग्रामीण सडक सञ्जाल सुधार कार्यक्रम र पहाडी काष्ठफल परियोजनाको रकम आर्थिक वर्षको मध्यतिर आउने भएकोले बजेट वक्तव्यमा उल्लेख नगरिएको डा।गुरुङको भनाई थियो । तर त्यसलाई सशर्त अनुदानको शीर्षकमा थप गरेर संशोधन भए बजेट वक्तव्यमाथिको छलफल अघि बढ्न दिने सहमति जनाएको थियो ।

वक्तव्यको बुँदा १३९ लाई थप स्पष्टताका साथ व्याख्या गरिएको छ । ‘आगामी आर्थिक वर्ष २०८१।०८२ का लागि वित्तीय समानीकरण अनुदानतर्फ ७ अर्ब ६३ करोड ८८ लाख, राजश्व बाँडफाँटबाट ९ अर्ब ६१ करोड १२ लाख, रोयल्टी बाँडफाँटबाट ४८ करोड १० लाख, सशर्त अनुदानतर्फ ३ अर्ब ५९ करोड ९३ लाख, समपूरक अनुदानमा १ अर्ब १९ करोड र विशेष अनुदानमा ६५ करोड ५५ लाख प्राप्त हुने अनुमान गरिएको छ,’ संशोधित वक्तव्यमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

सम्बन्धित

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu