ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘नेपालको श्रमबजारलाई विदेशिनबाट रोक्नुपर्ने’


एबीसी न्यूज
९ असार २०८१, आइतबार   १२ : १०   बजे

काठमाडौं ९ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले नेपालको श्रमबजारलाई विदेशिनबाट रोक्नुपर्ने बताउनुभएको छ । दाङको घोराहीमा सूचना तथा सञ्चार, प्रविधिको विकासको नवीनतम् प्रयोग कृत्रिम बौद्धिकता सम्बन्धी कार्यक्रम शनिबार उद्घाटन गर्दै उहाँले नेपालले उत्पादन गरेका योग्य श्रमशक्तिलाई देशमै उपयोग गर्नेबारे सबै पक्षले छलफल चलाउनुपर्ने बताउनुभएको हो ।

लुम्बिनी प्रदेश सरकारले पर्यटन, पर्यावरण, कृषि, जलस्रोतलगायतका क्षेत्रमा प्रविधिको प्रयोग गरी नेपाली श्रमबजारलाई यहीँ खपत हुने वातावरण सृजना गर्ने उहाँले जानकारी दिनुभयो । “नेपाली श्रमिकको श्रममूल्य नेपालमा कम रहेकाले विदेशिनुपर्ने बाध्यता रहेको छ”, मुख्यमन्त्री महराले भन्नुभयो, “नेपाली उत्पादनको वृद्धि र श्रममूल्य समयसापेक्ष बनाउन जरुरी देखिन्छ ।”

राप्ती इन्जिनरिङ कलेज, स्वर्गद्धारी कम्युनिकेसन तथा रिर्सच सेन्टर र साइलेन्स रिसर्च एण्ड इनोभेसन सेन्टरले संयुक्त रूपमा आयोजना गरेको उक्त कार्यक्रममा मुख्यमन्त्री महराले असल कर्म र मानव हितका लागि प्रविधिको प्रयोगमा सबैले जोड दिन सुझाव दिनुभयो ।

कार्यक्रममा विभिन्न डिजिटल प्रविधि र सञ्चार क्षेत्रमा अध्ययन गर्ने विद्यार्थी, शिक्षकलगायत सहभागी थिए । मुख्यमन्त्री महराले संसारमा विकसित हुँदै गरेको डिजिटल प्रविधिलाई सही रूपमा प्रयोग गर्न जरुरी भएको बताउँदै दुरुपयोग हुने विषयवस्तुलाई नियन्त्रण गर्नुपर्ने धारणा राख्नुभयो ।

“नेपालको शिक्षालाई प्रविधिसँग जोड्नु जरुरी छ”, उहाँले भन्नुभयो, “प्रविधि र सञ्चारसँग जोडिएको शिक्षा प्रभावकारी देखिएको छ ।” नेपालका उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी विदेशिने क्रम बढ्दो रहेकाले यस विषयमा अनुसन्धान र खोज गरी नेपालमा अध्ययन गर्ने वातावरण तयार गर्न उहाँले आग्रह गर्नुभयो ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयका रजिष्ट्रार रेख भण्डारी, पूर्व स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा शैलेन्द्र गिरी, नेपाल टेलिभिजनका नायब महाप्रबन्धक इन्जिनियर चिन्तामणि बराल र नेपाल टेलिकमका इन्जिनियर रविराज यादवले कृत्रिम बौद्धिकतासम्बन्धी डिजिटल प्रविधिको प्रयोग र फाइदाका विषयमा प्रशिक्षण गराउनुभएको थिए । रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group