ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीबीलाई भगाउन लोकेसन पत्ता लाग्यो भनेर स्टन्टबाजी -विश्वप्रकाश


एबीसी न्यूज
९ असार २०८१, आइतबार   १२ : ५५   बजे

काठमाडौं ९ असार । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा फरार रहेका जीबी राईलाई भगाउन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ‘स्टन्टबाजी’ गरेको आरोप लगाएको छ।

आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले लोकेसन पत्ता लगाइसक्यो भनेर जीबीलाई भगाउन माइकबाट फुकेको होरु भन्दै प्रश्न गरे।

‘लोकेसन पत्ता लगाइसक्यो भनेको जीबी राईलाई के भगाउनका लागि हो माइकबाट फुकेर लोकेसन पत्ता लाग्यो रे भनेर स्टन्टबाजी गर्नेरु कि सरकार चाँडै जीबी राईलाई हाजिर गराउँदैछ,’ उनले भने।

 

साथै, उनले सुर्यदर्शन सहकारीका पीडितहरू सर्वोच्च अदालतको बहस सुन्न आउँदा प्रहरीले रोकिदिएकोप्रति आपत्ति जनाए।

‘सुर्यदर्शन सहकारीका पीडितहरू सम्मानित सर्वोच्च अदालतको बहस सुन्न पोखराबाट काठमाडौँ आएका थिए। अदालतले ५ जनालाई पास पनि दियो। तर प्रहरीले गेटमा रोकिदियो। प्रचलन के छ भने, आफ्नो मुद्दासँग सम्बन्धित पीडितले अदालतमा बहस सुन्न चाहँदा अदालतले पास दियो भने सुन्न पाउनुपर्छ,’ उनले भने।

महामन्त्री शर्माले गृहमन्त्री लामिछानेले जेठ ६ गते संसद्को रोष्ट्रमबाटै झुटो बोलेको बताए।

‘गृहमन्त्रीजीले जेठ ६ गते यो रोस्ट्रममा उभिएर भन्नुभएको थियो, पहिले पहिले मन्त्रीले अनुसन्धान गर्थे अब प्रहरीले गर्छ। अनि अनुसन्धान गरिरहेका प्रहरीलाई पहिले पहिले सरुवा गरिँदैन। उहाँले ठाडै झुट बोल्नुभएको थियो,’ शर्माले दाबी गरे।

उनले मलेसियाबाट कुनैपनि अभियुक्तलाई पक्राउ गरी ल्याउन कुनै सुपर्दगी सन्धी नचाहिने पनि दाबी गरेका छन्।

कुनै फरार अभियुक्त मलेसियामा रहेको शंका लागेमा सम्बन्धित देशको कुटनीतिक प्रतिनिधिले सुपर्दगी माग गर्न सकिने व्यवस्था रहेको पनि उनले प्रतिनिधिसभा बैठकमा सुनाए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group