ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्सा वन्यजन्तु आरक्षका सुरक्षाकर्मीलाई कारबाही गर्न सांसद बर्तौलाको माग


एबीसी न्यूज
९ असार २०८१, आइतबार   १ : २६   बजे

काठमाडौं ९ असार । नेकपा एमाले का प्रमुख सचेतक महेशकुमार बर्तौलाले पर्सा वन्यजन्तु आरक्षका सुरक्षाकर्मीले स्थानीय सुकबहादर तितुङलाई गोली हानी हत्या गरेको आरोप लगाउँदै दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले हटौँडा उपमहानगरपालिका वडा नम्बर १० निवासी तितुङलाई सो आरक्ष क्षेत्रको पसेको बताए।

त्यहाँको सुरक्षाकर्मीले गोली हानेर हत्या गरेको उल्लेख गर्दै त्यस्तो जघन्य अपराधमा संलग्नमाथि तत्काल कारबाही गर्न सांसद बर्तौलाले सरकारको ध्यानाकर्षण गराएका हुन्।

 

‘पर्सा वन्यजन्तु आरक्षका कर्मचारीले, सुरक्षाकर्मीहरूले, त्यहाँ खटिएका नेपाली सेनाले सुकबहादुर तितुङलगायत त्यहाँका जनताहरुलाई आक्रमण गरे। गोली हानेर सुकबहादुर तितुङलाई हत्या गरे,’ बर्तौलाले भने, ‘त्यहाँका सुरक्षाकर्मीले सामान्य मानवियतान पनि नराखिकन छातिमा गोली ठोकेर हत्या गर्ने सम्मको ठूलो जघन्य अपराध भयो। लोकतन्त्रमा, गणतन्त्रमा यसरी नागरिकलाई दिनदहाडै गोली ठोकेर मारिदिने जे परिस्थिति विकास भयो।’

प्रमुख सचतेक बर्तौलाले पीडित परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए। उनले निकुञ्ज, आरक्षण र मध्यवर्ती क्षेत्र आसपासका स्थानीयलाई त्यहाँका प्रशासन, वन्यजन्तुले दुःख दिने गरेको उल्लेख गर्दै त्यस्तो हुन नदिन पनि सरकारलाई ध्यान दिनसमेत आग्रह गरे।

‘दोषी सुरक्षाकर्मीहरूलाई पहिचान गर्ने, कारबाहीको तहमा अघि बढाउने र पीडित परिवारलाई आवश्यक क्षतिपूर्तिका लागि म सम्माननीय सभामुख महोदयमार्फत नेपाल सरकारको गम्भिरताका साथ ध्यानाकर्षण गराउन चाहन्छु । यस्ता दुखद घटना हुन नदिन सरकारको ध्यान पुगोस्,’ उनले भने, ‘अहिले जसरी हत्या भएको छ। यो अपराध कर्ममा जोडिएका दोषी देखिएकासुरक्षाकर्मीहरुलाई कारबाही गर्ने र पर्सा वन्यजन्तु आरक्ष निकुञ्जको वार्डेन सहितको संलग्नतामा सबै घटनाहरु भइरहेको छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

सम्बन्धित

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

अफगानिस्तान बाढी अपडेट: मृत्यु हुनेको संख्या ४० नाघ्यो, दर्जनौं नागरिक घाइते

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४८औँ स्मृति दिवस मनाइँदै

पाँच बुँदे मागसहित डा. गोविन्द केसी धनगढीमा, बिहीबारदेखि सत्याग्रह सुरु गर्ने घोषणा

अबदेखि जहाजमा आक्रमण भयो भने इरानमा बम हानिनेछः ट्रम्प

बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu