ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रक्षा सम्झौतामा नजिकिए भारत र बंगलादेश


एबीसी न्यूज
१० असार २०८१, सोमबार   १२ : १८   बजे

काठमाडौं १० असार । भारत र बंगलादेशले समुद्री सुरक्षा, महासागर, अर्थव्यवस्था, अन्तरिक्ष र दुरसञ्चारका क्षेत्रमा सहयोग आदान प्रदान गर्ने सम्झौता गरेका छन् ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाको भारत भ्रमणको क्रममा दुई देशबीच ती सम्झौता भएका हुन् । यी सम्झौताबाट भारत र बंगलादेश रक्षा सम्झौतामा अलिकति नजिकिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । यद्यपि सम्झौताका विस्तृत विवरण सार्वजनिक भइसकेको छैन ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिना शनिबारदेखि भारत भ्रमणमा छिन् । मोदीले तेस्रोपटक प्रधानमन्त्रीको पद सम्हालेपछि कुनै विदेशी सरकार प्रमुख औपचारिक भारत भ्रमणमा आएको यो पहिलोपटक हो । शेख हसिना दुई हप्ता अगाडि नरेन्द्र मोदीको शपथ ग्रहणमा पनि भाग लिएकी थिइन् ।

नयाँदिल्लीमा पत्रकारहरुसँग कुरा गर्दै शेख हसिनाले बंगलादेश र भारतले नदीको पानीको बाँडफाँट, बिजुली र ऊर्जा क्षेत्रमा सहयोग बढाउने निर्णय गरेको जानकारी दिइन् । उनले भारतीय उद्योगी व्यवसायीहरुलाई पनि भेटेर लगानी बढाउन आह्वान गरिन् ।

 

भारतले विगत आठ वर्षको अवधिमा बंगलादेशलाई करिब ८ अर्ब अमेरिकी डलर बराबरको ऋण सहयोग गरेको छ । यो सहयोगबाट विशाल भौतिक पूर्वाधारको क्षेत्रमा काम हुने छ । बंगलादेश पछिल्लो समय जलमार्ग, रेल र सडक सम्पर्क थप विकसित गर्ने तयारीमा छ । यही तयारीका बीच शेख हसिनाले गरेको भारत भ्रमण र गरेका सम्झौतालाई महत्वका साथ हेरिएको छ ।

सन् २००९ मा शेख हसिनाको पार्टी अवामी लिग सत्तामा आएदेखि नै भारत र बंगलादेशको सम्बन्ध सुमधुर छ । यद्यपि टिस्टा नदीको पानी बाँडफाँट, अवैध आप्रवासन लगायतका कयौं मुद्दाहरु टुंगिन बाँकी छन् । यद्यपि यी दुई देशबीच व्यापारिक र राजनीतिक सम्बन्ध सुमधुर छ ।

बंगलादेशले छिमेकी चीनसँग पनि राम्रो सम्बन्ध बनाएको छ । चीन बंगलादेशको प्रमुख व्यापारिक सहयोगी हो । बंगलादेशको कपडाको कच्चा पदार्थ चीनले आयात गर्दछ । बंगलादेश कपडा उद्योगमा विश्वभर प्रख्यात छ । उसले कपडाबाट मात्रै कूल विदेशी मुद्राको करिब ८० प्रतिशत आर्जन गर्दछ । बंगलादेशले चीन विरोधी अमेरिका र भारतसँग पनि कूटनीति र व्यापारिक सम्बन्ध कायम राखेको छ ।

भारतले चीनको बीआरआईलाई टक्कर दिने उद्देश्यले अघि सारेको इन्डोप्यासेफिक रणनीतिमा बंगलादेश सामेल छ । ‘छिमेकी पहिले’ नारा दिएर भारतले अघि सारेको यो रणनीति क्षेत्रीय सहयोग अघि बढाउने र चीनको दबदबालाई रोक्ने उद्देश्यबाट प्रेरित रहेको कूटनीति क्षेत्रका जानकारहरु बताउँछन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group