ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

व्यवसायी मनोज बानियाँमाथि भैँसेपाटीमा गुन्डागर्दी गर्नेबाट खुँडा प्रहार


एबीसी न्यूज
११ असार २०८१, मंगलबार   १ : ०९   बजे

काठमाडौं ११ असार । ललितपुरको चुनिखेलमा भएको खुकुरी प्रहार घटनामा गुन्डागर्दी गर्ने समूहले व्यवसायीमाथि खुँडा प्रहार गरेको खुलेको छ । शुक्रबार दिउँसो चुनिखेलमा निर्माणाधिन मनोज बानियाँको रिसोर्टमै उनीमाथि ज्यान मार्ने उद्देश्यले खुँडा प्रहार भएको थियो । खुँडा प्रहारबाट घाइते मनोजको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

उनको बायाँ हात छिनालिनबाट थोरै मात्रै जोगिएको छ भने दायाँ खुट्टा र तिघ्रामा समेत गहिरो घाउ छ । घटनाको चार दिन बित्दा पनि घटनामा संलग्न मुख्य आरोपी पक्राउ परेका छैनन् । घटनामा संलग्न तीनजनालाई भने प्रहरी प्रक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सुरेन्द्र महर्जन, लालबहादुर तामाङ र एकजना मुख्य अरोपीका सवारी चालक छन् । घटनाको अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली र ललितपुर प्रहरीको विशेष टोली खटिएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घटनाका मुख्य योजनाकार भैँसेपाटीस्थित गोकुल आवासका राजेश केसी हुन् । उनकै योजनामा दीपक वान्तावा, स्नोप भण्डारी र धराने भन्ने दर्शन लिम्बूले बानियाँमाथि खुँडा प्रहार गरेका थिए ।

राजेश विभिन्न आपराधिक गतिविधिमा संलग्न पूरा नै पटके हुन् । जग्गासम्बन्धी कारोबार गर्दै आएका राजेश र बानियाँबीच जग्गाकै विषयमा केही दिन अघि समेत हानहान भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

त्यहीँ रिसइबीका कारण राजेशले वान्तावासहितका समूहलाई सुपारी दिएर हान्न प्रयोग गरेको खुलेको छ ।वान्तावासहितको समूह सुपारी लिएर काम गर्ने गिरोह नै रहेको प्रहरीको दाबी छ ।

पछिल्लो समय प्रहरीले गुन्डागर्दी गर्ने समूहमाथि निर्मम भएर इन्काउन्टर नै गर्न थालेको थियो । २०७१ मा धादिङका दिनेश अधिकारी ‘चरीे’ र त्यसपछि नुवाकोटका कुमार श्रेष्ठ उर्फ ‘घैंटे’लाई प्रहरीले काठमाडौंमै इन्काउन्टर गरेको थियो ।

योक्रम रोकिएसँगै इन्काउन्टरको भयले लुकिछिपी बस्दै आएका गुण्डाहरू फेरि सक्रिय हुन थालेको प्रहरीको विश्लेषण छ । राजेशसहित खुँडा प्रहार गर्ने तीनजना नै फरार छन् ।

उनीहरू काठमाडौं बाहिर भागेको आशंका प्रहरीको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनालाई गम्भीर रूपमा हेरेको र सोहीअनुसार फरार आरोपीहरुको खोजी तीव्र पारिएको कार्यायका एसपी अंगुर जीसीले जानकारी दिए ।

“मध्य दिउँसो नै मार्ने उद्देश्यले खुँडा प्रहार हुनु गम्भीर कुरा हो । हामी घटनामा संलग्नहरूको पुरानो रेकर्ड पनि हेर्दै छौँ,” एसपी जीसीले भने । घटनाको अनुसन्धान गर्न कार्यालयले दुईजना डीएसपीको नेतृत्वमा टोली परिचालन गरेको छ ।

ललितपुर जिल्लाको घटना भएका कारण ललितपुर प्रहरीको विशेष टोलीसमेत परिचान भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu