ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खाम्चेलिङमा पहिरो, मध्यपहाडी राजमार्ग पुनः अवरुद्ध


एबीसी न्यूज
१३ असार २०८१, बिहिबार   १२ : १३   बजे

काठमाडौं १३ असार ।  पाँचथरको याङवरक(४ थर्पुमा पहिरो जाँदा पुष्पलाल मध्यपहाडी राजमार्ग पुनः अवरुद्ध भएको छ । थर्पुस्थित खाम्चेलिङ डाँडाको चट्टान पहिरो बनेर बग्दा यो राजमार्ग अवरुद्ध भएको हो ।

खाम्चेलिङमा बुधबार राति पहिरो गएको थियो । उक्त सडकको ओयाम फलैंचा खण्ड अन्तरगत याङवर २ फलैंचामा गएका पहिरोका कारण उक्त सडक ११ दिनसम्म अवरुद्ध भएको थियो । उक्त सडकको पहिरो ११ दिन लगाएर असार १२ गते पन्छाइए पनि पुनः थर्पुमा गएको पहिरोले सडक अवरुद्ध भएको हो ।

ूसडकको १५(२० मिटर माथि देखि खसेको चट्टान सडकमा थुप्रेको छ, ठुलो पहिरो गएका कारण पन्छाउन समय लाग्छ,सडक खुल्न कम्तीमा ७ दिन लाग्नसक्छ,ू गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङबोले भन्नुभयो ।

पहिरोका कारण याङवरक गाउँपालिका वडा नम्बर १,२ र ३ का नागरिकलाई पालिका केन्द्रसम्म आउन सकेका छैनन् । यस्तै त्यस स्थानसम्म दैनिक उपभोग्य वस्तु लैजान पनि समस्या भएको छ । खोम्चेलिङ पहिरोको क्षतिको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कोइराला,प्रहरी नायव उपरीक्षक हेमन्तबहादुर क्षेत्री,गाउँपालिका अध्यक्ष भीमबहादुर योङया, उपाध्यक्ष बाबा मेन्याङवो र प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेल लगायतले निरीक्षण गर्नुभएको छ ।

यसैबिच, असार २ गतेदेखि जारी वर्षासँगै गएको पहिरोका कारण विस्थापित भएका ६४ घर परिवारका करिब ३ सय नागरिकलाई प्रारम्भिक राहत दिइएको छ । याङवरक गाउँपालिका र रेडक्रस सहितका संस्थाले विस्थापित परिवारका लागि चामल,पाल,नुन,तेल र दाल लगायतका सामग्री उपलब्ध गराएको हो ।

जनप्रतिनिधि र कर्मचारीले ओयाम पुगेर यत्तिका सामग्री उपलब्ध गराएको याङवरक गाउँ‘ पालिका उपाध्यक्ष बाबा मेन्याङ्बोले जानकारी दिनुभयो । उहाँका अनुसार याङवरक २ र ३ मा मात्रै बाढी पहिरोका कारण ९४ घर परिवार विस्थापित भएका छन् ।

वडा नम्बर ३ मा ५२ र वडा नम्बर २ मा ४२ घरका परिवार विस्थापित भएको उहाँले बताउनुभयो । याङवरक ३ ओयाम र वडा नम्बर २ फलैँचाका पुरै र वडा नम्बर १ च्याङथापुका केही स्थान पहिरोको जोखिममा छन् ।

पहिरोका कारण विस्थापित परिवारलाई आफन्त र नजिकका सुरक्षित बस्तीमा सारिएको छ । खोलामा आएको बाढीले ओयाम –च्याङथापु खण्डमा सोही राजमार्गका ओयाम र फलाम खोलाका पुल बगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group