ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महामन्त्री ढकालले पार्टीलाई दिएको सुझाव सकारात्मक छ- रवि लामिछाने


एबीसी न्यूज
१३ असार २०८१, बिहिबार   १२ : २२   बजे

काठमाडौं १३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सभापति रवि लामिछानेले महामन्त्री डा. मुकुल ढकालले समीक्षा यात्राको प्रतिवेदनमा उल्लेख गरेको कुरा सकारात्मक भएको प्रतिक्रिया दिएका छन्।

बिहीबार बिहान पत्रकारले राखेको जिज्ञासामा गृहमन्त्रीसमेत रहेका लामिछानेले महामन्त्री ढकालले पार्टीको शल्यक्रिया गर्नुपर्छ भन्नु पार्टीको हितमै भएको जवाफ दिएका हुन्।

पार्टीका महामन्त्रीले पार्टी सिकिस्त बिरामी छ, यही अवस्थामा जान सकिँदैन, पार्टीको शल्यक्रिया गर्नुपर्छ भन्नुभयो नि भनी पत्रकारले राखेको प्रश्नमा लामिछानेले भने, ‘पार्टीका महामन्त्रीजीले पार्टीको चिन्ता गर्नुभएको, उहाँले समीक्षा गर्नुभयो, त्यसलाई सही ढंगले उपचार गर्नुपर्छ भन्नु त बुझेर, नागरिककको प्रतिक्रिया लिएर भन्नुभएको हो। त्यत्रो अपेक्षा गरिएको छ, त्यो अपेक्षा पूरा गर्न त हामीले शल्यक्रिया नै नगरी हुँदैन है, भनेको कुरा त राम्रो कुरा हो नि, स्वाभाविक हो नि।’

 

इलामको उपनिर्वाचनमा नराम्रोसँग पराजय भोगेपछि रास्वपाले आन्तरिक समीक्षा गर्न महामन्त्री ढकाललाई गत जेठ ६ गतेदेखि देशव्यापी यात्रामा पठाएको थियो। यात्रा सकेर उनी असार ५ गते काठमाडौँ आइपुगेका थिए।

यस क्रममा उनले ३८ वटा जिल्लाका २०७९ जनाभन्दा बढी नागरिकसँग अन्तर्क्रिया गरेको प्रतिवेदनमा उल्लेख गरेका छन्।

उनले प्रतिवेदन बुधबार सभापति लामिछानेलाई बुझाएका छन्। त्यसमा उनले पार्टी दुर्घटनामा पर्ने चेतावनी दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu