ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुई घरानाबीच एउटै ब्रान्डमा ‘प्राइस वार’, ३ लाख घट्यो केयी ईभीको मूल्य


एबीसी न्यूज
१३ असार २०८१, बिहिबार   २ : ४४   बजे

काठमाडौं १३ असार । गोल्छा अर्गनाइजेसन र लक्ष्मी ग्रुपबीच एउटै चिनियाँ ब्रान्डमा ‘प्राइस वार’ सुरु भएको छ। चिनियाँ ब्रान्ड केयीमा २ ठूला घरानासहित ३ वटा आधिकारिक बिक्रेता नियुक्त हुँदा ‘प्राइस वार’ सुरु भएको हो।

नेपालमा पेट्रोल÷डिजेलका गाडी बिक्री स्वाट्टै घटेको छ। चिनियाँ ब्रान्ड ल्याउन हानथाप भइरहेका बेला एउटै ब्रान्ड ल्याएका २ घरानाले मूल्यमा प्रतिस्पर्धा सुरु गरेका छन्।

 

चिनियाँ उत्पादक कम्पनीले नेपालमा केयी ब्रान्डको आधिकारिक बिक्रेता लक्ष्मी र गोल्छाबाहेक एलआरआरलाई समेत दिएको छ।

एलआरआरले गाडी सार्वजनिकको तयारी गरिसकेको छैन।

 

लक्ष्मी ग्रुपले नक्साल भाटभटेनी छेउमा शोरुम खोली सफ्ट लञ्च गरिसकेको छ। ग्राहकले बुकिङ र टेस्ट ड्राइभ गर्न सक्छन्। गोल्छा अर्गनाइजेसनले गाडी ल्याउने तयारीसँगै मूल्य सार्वजनिक गरिसकेको छ।

लक्ष्मी ई मोबिलिटीले नेपालमा गाडी सार्वजनिक गर्दा फ्ल्यागसिप भेरियन्टको ५२ लाख ९६ हजार मूल्य हुने उल्लेख गरेको थियो। बिहीबार शोरुम र गाडीको बुकिङ खुलाउँदै सुरुवाती मूल्य घटाएको छ।

लक्ष्मी ग्रुपले फ्ल्यागसिप भेरियन्टको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकेको छ भने डिलक्स भेरियन्टको ४६ लाख ९६ हजार रुपैयाँ तोकेको छ।

गोल्छा अर्गनाइजेसनअन्तर्गतको जिओ अटोमोबाइल्सले फ्ल्यागसिप मोडलको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ हुने सार्वजनिक गरेको छ।

एउटै भेरियन्टमा प्रतिस्पर्धा हुँदा करिब ३ लाख रुपैयाँ नै घटेको छ। डिलक्सको मूल्य जिओ अटोमोबाइल्सले ४६ लाख ९९ हजार रुपैयाँ तोकेको छ।

बिहीबार सार्वजनिक गरेको मूल्यमा लक्ष्मी ग्रुपले २ वटै भेरियन्टमा ३ हजार कम मूल्य राखेको छ। नाडा अटो शोमा लक्ष्मी ई मोबिलिटीले केयीको ब्रान्ड प्रदर्शनीमा राख्न स्टल दर्ता गराइसकेको छ।

कस्तो छ केयी एक्स प्रो

केयी एक्स ३ प्रोको रेञ्ज ४०१ किलोमिटर रहेको कम्पनीले जनाएको छ। यसबाहेक १२० किलोवाटको मोटर पावर रहेको गाडीमा ५३।६ किलोवाटआवर ब्याट्री छ। गाडीको स्पिड प्रतिघण्टा अधिकतम १५० किमि रहँदा ९ सेकेन्डमा ० बाट १०० किमिको गति लिनसक्छ।

एक्स ३ प्रोको ग्राउन्ड क्लियरेन्स १८२ एमएम छ। ५ सिटे गाडीमा फास्ट चार्जरबाट ५० मिनेटमा फुल चार्ज हुन्छ भने नर्मल चार्जरबाट ८ घण्टा लाग्छ।

गाडीमा २ वटा मोड छ। इको र स्पोर्टस मोडमा गाडी कुदाउन सकिन्छ। २ वटा मोडलमा फ्ल्यागसिपको टायर साइज १७ इन्च र डिलक्सको १८ इन्च छ।

कस्ता छन् सुरक्षा फिचर
४४४३ एमएम लम्बाइ, १८३१ एमएम चौडाइयुक्त गाडीमा पर्याप्त मात्रामा सुरक्षा फिचरहरु छन्।

यसअनुसार अगाडि सिटबेल्टसहित अग्लो र होचो बनाउन मिल्ने सुविधा छ। यसबाहेक थ्रि प्वाइन्ट्सको आफैँ लक हुने बेल्ट अगाडि र पछाडि दुवैतिर छ। बालबालिकाका लागि आईएसओ फिक्स चाइल्ड सेफ्टी सिट इन्टरफेस, ड्राइभरले सिटबेल्ट नलगाएमा सम्झाउने फिचर, चाइल्ड प्रोटेक्टर रियर डोर लक, अगाडि दुवैतिर एयरब्याग, फ्रन्ट रो साइड एयरब्याग रहेको छ।

त्यसैगरी स्पिड सेन्सिटिभ अटोलक, पेडिस्ट्रियन रिमाइन्डर, टायर तातेको थाहा हुने र प्रेसर अनुगमन गर्ने प्रणाली, बडी थेप्ट अलार्म, रिभर्सिङ रेडार प्रोब्स, स्पिड लिमिट रिमाइन्डर, लिमिट सेटिङजस्ता नवीनतम फिचर रहेका छन्।

गाडीमा धेरैखाले गतियुक्त इलेक्ट्रिक पावर स्टियरिङ, एबीएस र ईबीडी, इलेक्ट्रोनिक ब्रेक असिस्ट ९ईबीए०, हिल डिसेन्ट कन्ट्रोल ९एचडीसी०, हिल स्टार्ट असिस्ट कन्ट्रोल ९एचएचसी०, बडी स्टेबिलिटी कन्ट्रोल ९ईएसपी०, अटो होल्ड, इलेक्ट्रोनिक पार्किङ ब्रेक ९ईपीबी०, अगाडि भेन्टिलेटेट डिस्क ब्रेक र पछाडि रियर सलिड डिस्क ब्रेक राखिएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu