ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिलगङ्गा विश्वविद्यालय विधेयक संसदमा


एबीसी न्यूज
१४ असार २०८१, शुक्रबार   ११ : १७   बजे

काठमाडौं १४ असार । आँखा स्वास्थ्य विधामा उच्च शिक्षा प्रदान गर्न तथा आँखा उपचारमा पहुँच विस्तार गर्न नेत्र विश्वविद्यालय स्थापना हुने भएको छ । तिलगङ्गा नेत्र विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्को राष्ट्रिय सभामा हालै पेस भएको छ ।

आँखा स्वास्थ्य विज्ञान स्कुल स्थापना गर्ने, आफ्नै आँखा अस्पताल स्थापना गर्ने तथा आँखा स्वास्थ्यसम्बन्धी वस्तु उत्पादन र बिक्रीवितरण गर्नका लागि आवश्यकता अनुसार उत्पादन तथा बिक्री केन्द्र स्थापना गर्ने उद्देश्यले विश्वविद्यालय स्थापना हुन लागेको हो । यस विश्वविद्यालयको कुनै पनि नियमित आर्थिक दायित्व नेपाल सरकारलाई पर्ने छैन ।

नेत्ररोग विशेषज्ञ डा। सन्दुक रुइतलगायत संलग्न रहेको ‘नेपाल आँखा कार्यक्रम’ र मकवानपुरमा रहेको ‘अन्धोपन निवारण समाज नामको सामाजिक संस्थामार्फत विश्वविद्यालय सञ्चालन हुने छ । यी दुवै संस्थाको सम्पत्ति तथा भौतिक संरचना यस विश्वविद्यालयको हुने छ । यी दुई संस्थाको ३१ जिल्लामा सम्पत्ति तथा जायजेथा रहेको छ । “सरकारलाई आर्थिक भार नपर्ने, आफ्नै उत्पादन केन्द्र रहने गरी स्थापना हुन लागेको तिलगङ्गा नेत्र विश्वविद्यालय साँच्चै विदेशी विद्यार्थीका लागिसमेत उत्कृष्ट गन्तव्य हुने छ,” शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भन्नुभयो ।

विश्वविद्यालय सञ्चालनमा आएपछि अन्य मित्रराष्ट्रमा समेत हाल आँखा कार्यक्रमको सेवा विस्तार हुँदै जाने र यसबाट नेपाल प्राविधिक जनशक्तिको अन्तर्राष्ट्रिय ख्याति वृद्धि हुने विश्वास लिएको मन्त्री श्रेष्ठले बताउनुभयो ।

उच्च शिक्षालाई वैज्ञानिक, नवप्रवर्धनात्मक, अनुसन्धनात्मक, प्रविधिमैत्री र रोजगारमूलक बनाउँदै ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माण गर्न यो विश्वविद्यालयले योगदान दिने विश्वास रहेको मन्त्री श्रेष्ठको भनाइ छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group