ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवीकरणीय ऊर्जा विकासमा नेतृत्वदायी भूमिका खेल्न विद्युत् नियमन आयोगलाई आग्रह


एबीसी न्यूज
१४ असार २०८१, शुक्रबार   १२ : १०   बजे

 

काठमाडौं १४ असार । विद्युत नियमन आयोगका नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई नवीकरणीय ऊर्जा प्रवर्द्धन र विकासमा सक्रिय निजी क्षेत्रका प्रतिनिधिहरूले बिहीबार भेटर बधाई तथा शुभकामना दिएका छन् । भेटका अवसरमा नवीकरणीय ऊर्जा क्षेत्रको विकास र प्रवर्द्धनमा आयोगले नेतृत्वदायी भूमिका खेल्न आग्रह गरिएको छ ।

उक्त अवसरमा नेपाल नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकालले नवनियुक्त पदाधिकारीलाई शुभकामना दिँदै आयोगद्वारा जलविद्युत् बाहेकका ऊर्जा प्रविधिका लागि पनि सम्बोधन गर्नुपर्ने र विद्युतीय ऊर्जा उत्पादनतर्फ निजी क्षेत्रको सहभागिता सुरक्षित हुने वातावरण निर्माण गर्न आग्रह गरे।

कार्यक्रममा नवनियुक्त अध्यक्ष डा। रामप्रसाद धितालले निजी क्षेत्रको कार्य क्षमता अभिवृद्धि र सहभागितामूलक काममा सहकार्यका लागि आयोग सकारात्मक रहेको उल्लेख गर्दै विद्युत ऊर्जाअन्तर्गत जलविद्युत बाहेकका प्रविधिहरुको उपयोगका लागि उपयुक्त वातावरणका निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले ऊर्जा दक्षता, ऊर्जा सुरक्षा र दिगो ऊर्जा मिश्रणलाई आयोगले जोड दिने उल्लेख गर्दै यसका निम्ति नवीकरणीय ऊर्जा र निजी क्षेत्रको सहयोग आवश्यक रहेको बताए।

 

यसैगरी सदस्यहरु आयोगका नवनियुक्त सदस्य डा। मधुसुदन अधिकारीले आयोगले समग्र ऊर्जा क्षेत्रलाई नियमन गर्ने भएकाले नवीकरणीय ऊर्जा क्षेत्रमा पनि आयोगको ध्यान पुग्ने बताउँदै आयोगले यस क्षेत्रको नीतिगत सहजताका लागि पहल गर्ने बताए। कार्यक्रममा आयोगका सदस्यहरु झमकप्रसाद शर्मा र गौतम डंगोलले पनि आ–आफ्नो मन्तव्य राख्दै सबैको सहयोगबाट अपेक्षित परिणाम हासिल गर्न सकिने विचार व्यक्त गरे।

नेपाल नवीकरणीय ऊर्जा परिसंघको अग्रसरता आयोजित उक्त भेटघाट कार्यक्रममा नेपाल लघु जलविद्युत विकास संस्था, सौर्य विद्युत उत्पादक संघ, सौर्य तापीय ऊर्जा संघ, नेपाल बायोग्यास प्रवर्द्धन संघ, ग्रामीण ऊर्जा प्रविधि संघ, जल तथा ऊर्जा परामर्शदाता संघ नेपाल, जैविक ऊर्जा व्यवसायी संघकालगायतका संस्थाका पदाधिकारी तथा ऊर्जा उद्यमीहरुको सहभागिता थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group