ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समाजवाद स्थापना गर्न सबै कुरा त्याग्न तयार छु : पूर्वसभामुख सापकोटा


एबीसी न्यूज
१४ असार २०८१, शुक्रबार   १२ : १२   बजे

काठमाडौं १४ असार । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्र का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले संविधानमा उल्लेख भएको समाजवादको व्याख्या गरेर जाने बेला आएको बताएका छन्।

शुक्रबार काठमाडौँमा भएको जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘वास्तवमा आज हामी उहाँलाई यो सम्मान किन गर्दैछौँ त भन्दा यो लोकार्पण किन गर्दैछौँ त भन्दा हामी हामी ठूलो तयारीमा फेरि जाँदैछौँ। राष्ट्रलाई विपद् परेको बेलामा, विपद्को भुमरिमा परेको बेलामा त्यसलाई जोगाउनका लागि हामी जाँदैछौँ,’ सापकोटाले भने, ‘समाजवाद संविधानमा उल्लेख छ तर त्यसको राम्रो व्याख्या छैन। अब व्याख्या गरेर अघि जानुपर्छ। अघि गयौँ भने यही नै हुनेछ की कमरेड जगतबहादुर बोहराप्रतिको सच्चा श्रद्धाञ्जली,’ उनले भने।

 

समाजवाद संविधानमा उल्लेख गरिएपनि राम्रो व्याख्या नगरिएको बताउँदै सापकोटाले आफ्नो जीवनको अन्तिम घडीसम्म कुनैपनि कुरा त्याग्न परे आफू त्याग्न तयार रहेको घोषणा गरे।

सारा तागत लगाएर नेपाली जनताको समाजवाद स्थापना गर्ने सपना साकार पार्नुपर्ने उनको भनाइ थियो।

‘म के विश्वास दिलाउन चाहन्छु भने जीवनको अन्तिम घडीसम्म मैले त्याग्न केही कुरा बाँकी छ भने सम्पूर्ण कुरा त्याग्न म तयार छु। सारा तागत लगाएर हामी अघि बढौँ। नेपाली जनताको समाजवाद स्थापना गर्ने सपना साकार भइ छोड्नेछ,’ सापकोटाले भने।

पूर्वसभामुख सापकोटाले प्रतिष्ठानलाई माथि उठाउन आफूले गर्नुपर्ने सबै सहयोग गर्न प्रतिवद्ध रहेको पनि बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu