ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गणित, विज्ञान र अंग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न सांसद चौधरीको माग


एबीसी न्यूज
१४ असार २०८१, शुक्रबार   १ : १३   बजे

काठमाडौं १४ असार । नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरीले गणित, विज्ञान र अंग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।

शुक्रबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद चौधरीले विद्यालयहरुमा गणित र विज्ञान शिक्षक पाउन छोडिसकेको बताए।

एसईईको नतिजामा पनि सबैभन्दा बढी गणित विषयमा विद्यार्थी अनुत्तिर्ण भएको भन्दै गणित, विज्ञान र अंग्रेजी शिक्षकको विशेष रुपले व्यवस्था गर्नुपर्ने उनको भनाइ थियो।

 

उनले कक्षा १ मा भर्ना भएका ७ लाख विद्यार्थी एसईईसम्म नपुगेको अवस्था रहेको भन्दै विद्यार्थी बिचमै हराएको विषयमा पनि सरकारले ध्यान दिनुपर्ने पनि बताए।

‘हिजोमात्रै एसईई परीक्षाको रिजेल्ट निस्कियो। ४८ प्रतिशत मात्रै विद्यार्थीहरु एसईई पास भएको छन्। ५२ प्रतिशत विद्यार्थी फेल भएका छन्। कक्षा १ मा विद्यार्थी भर्ना हुँदा ११÷१२ लाख हुन्छन्। एसईईसम्म आउँदाखेरी ५ लाख हुन्छ। एक त सात लाख विद्यार्थीहरू बाटोमै हराएका हुन्छन्,’ उनले भनेका छन्, ‘अहिले आएर सबभन्दा बढी गणित विषयमा १ लाख ७७ हजार फेल भएको छ। नेपालमा धेरैजसो गणित र विज्ञान शिक्षक स्कुलमा पाउन छोडिसकेको छ। म सरकारसँग जोडदार माग गर्न चाहन्छु, साँच्चै शिक्षालाई सुधार गर्ने हो भने गणित, विज्ञान र अंग्रेजी शिक्षकको विशेष व्यवस्था गर्न जोडदार माग गर्न चाहन्छु।’

उनले प्राकृतिक विपत्तिबाट धेरै जनधनको क्षति हुन थालिसकेको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण पनि गराए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group