ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजस्व चुहावट रोक्न टेरामक्स ल्याएका हौं : मोहन बस्नेत


एबीसी न्यूज
१४ असार २०८१, शुक्रबार   १ : २२   बजे

काठमाडौं १४ असार । मन्त्री एवं नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले नेपाल दूरसञ्चार प्राधिकरणबाट विवादास्पद टेरामक्स प्रणाली खरिदमा भएको अनियमितताका आफू संलग्न नभएको जिकिर गरेका छन् ।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा उनले दुरसञ्चार क्षेत्रको कम आवागमनमा हुने राजस्व चुहावट रोक्न यो प्रविधि खरिद गरिएको जिकिर गर्दै त्यसमा आफू संलग्न भएको बताएका हुन् ।

 

‘टेरामक्सको कुरालाई लिएर पनि बेला बेलामा तीन जना सांसदहरुको नाम मुछिएको छ । यसका बारेमा मेरो पनि नाम उठने गरेको छ’ सांसद बस्नेतले भने, ‘एकदम कलिला माननीयज्युहरुदेखि दारीजुँगा फुलेका माननीय ज्युहरुसम्मले यो कुरा उठाइरहनुभएको छ । उचित दिन आएछ भने म यसको जवाफ दिनेछु ।’

तर, टेरामक्स प्रणाली खरिद नहुदा मुलुकमा वार्षिक २५ अर्ब बढी राजश्व चुहावट भइरहेको उनको जिकिर थियो ।

 

‘टेरामक्स एउटा यस्तो विधि हो जसले टेलिफोनमा कल बाइपास गरेर खाने धन्दालाई नियन्त्रण गर्छ । संसारभर यही विधिले नियन्त्रण गरेको छ । नेपाल मात्रै एउटा त्यस्तो देश हो जहाँ कल बाइपास गरेर अबौं बर्षको २५ अर्ब भन्दा बढी राजस्व घोटाला भएको छ’ उनले भने ।

घोटालामा संलग्नहरुले नै बिभिन्न व्यक्तिमाथि आरोप लगाएर विषयान्तरको प्रयास भइरहेको जिकिर थियो ।

‘यदि यो टेरामक्स भन्ने विधि कल बाइपास गरेर खाने रोक्ने विधि होइन भने अर्को विधि के हो रु यसकारण मैले आँट गरेर यो विधि सुरुवात गर्न खोजेको हुँ’ उनले भने, ‘२५ अर्ब बार्षिक घोटाला गर्नेले कति अर्ब खर्च गरेर सम्बन्धित निकायलाई ढाकछोप गर्ने अथवा यसलाई विषयान्तर गर्न खोजेको हो भविष्यले बताउला ।’

टेलिकम क्षेत्रको आवागमन कलमा भएको चुहावटले २५ अर्ब नोक्सानी भएको भन्ने दावीवारे उनले आधिकारिक विवरण भने पेश गरेनन् । उनले भने, ‘यो टेरामक्स नभएसम्म कलबाइपास गर्ने काम भइरहन्छ ।’

मन्त्री बस्नेतले कल बाइपास र राजस्व चुहावट रोक्न भन्दै टेलिकम्यूनिकेसन ट्राफिक मोनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम९टेरामक्स० स्थापना गर्ने नीतिगत निर्णय गरेका थिए । नेपाल दुरसञ्चार प्राधिकरणको वार्षिक योजना तथा कार्यक्रम स्विकृतीका क्रममा उनले कुनै अध्ययन र छलफल विना मनोगत रुपमा यसवारे निर्णय लिएका थिए ।

एक अर्ब १० करोड रुपैंया खर्च भएको यो अनियमिततावारे अख्तियारले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu