ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बजेटमाथिको छलफलमा बालेन अनुपस्थित, बैठक स्थगित


एबीसी न्यूज
१४ असार २०८१, शुक्रबार   २ : २०   बजे

काठमाडौं १४ असार । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटको छलफलमा सहभागी नभएपछि आजको बैठक स्थगित भएको छ ।

‘आज बिहान बोलाएको छलफलमा मेयर आउनु भएन । पर्याप्त तयारी नपुगेको भन्दै छलफलमा सहभागी नभएपछि स्थगित भयो,’ महानगरका प्रवक्ता नविन मानन्धरले भने । उनले कार्यपालिका सदस्यहरूले संयुक्त रूपमा राखेको साझा संशोधन प्रस्तावको छलफलमा तयारी नभएकोले नआएको भन्ने बुझिएको बताए ।

वडा नं १२ का अध्यक्ष बालकृष्ण महर्जन भन्छन् ‘उहाँले तिमिहरू के गर्न सक्छौ गर भन्ने शैलीमा छलफल गर्न हलमा नै ओर्लिनुभएन । हामीले राखेको केही प्रस्ताव नै नमान्ने भन्ने त हुँदैन नी । उहाँले ल्याएको नीति कार्यक्रम ढुंगामा लेखिएको हो र छलफल गरेर सल्टाउँ भन्दा उल्टै प्रतिशोध साँधेको जस्तो गर्नुभयो, त्यही भएर आज स्थगित भएको हो,’ उनले भने । बालेनले प्रश्न फेस गर्न डराएर स्टाटस लेखेको समेत महर्जनले बताएका छन् ।

बिहान ८ बजेदेखि ११ बजेसम्म कुदासमेत मेयर बालेन नआएको महर्जनले जानकारी दिए ।

 

नेताको नामका कार्यक्रमले विवाद  बालेन

आफैं अनुपस्थित भएर नगर सभा स्थगित भएपछि बालेनले सामाजिक सञ्जालमा नेताको नाममा करोडौंको कार्यक्रम गर्न नमान्दा नगर सभा रोकेको बताएका छन् । ‘एमाले कांग्रेसले बीपी कोइराला, मदन भण्डारीको नाममा करोडौंको कार्यक्रम गरौैं भन्नु भयो । मैले चार स्वतन्त्र सेनानी शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गङ्गालाल श्रेष्ठको नाममा गरौं भनेँ ।

सायद कांग्रेस एमालेलाई नेपालको क्रान्तिमा उहाँहरूभन्दा धेरै कांग्रेस एमालेका नेताहरूको योगदान देख्नुभयो होला । त्यसपछि आज बस्ने नगर सभा बैठक रोकेर जानुभयो,’ उनले लेखेका छन् ।

गणपुरक संख्या पुगेन  सचिवालय

मेयर बालेनको सचिवालयले आज बिहान ८ बजे बोलाएको नगर सभामा गणपुरक संख्या नपुगेर स्थगित भएको जनाएको छ । ‘उहाँहरूले नेताको नाममा करोडौंको कार्यक्रम माग गरेर संशोधन प्रस्ताव राख्नुभयो,’ सचिवालयले भनेको छ ।

एक सचिवालय सदस्यका अनुसार मेयरले नेताहरूको कार्यक्रममा संघ र प्रदेशले विनियोजन गरेको बजेटमा महालेखाले समेत प्रश्न उठाएको भन्दै राख्न नसक्ने बताएपछि कार्यपालिका सदस्य हलमा नछिरेका हुन् । नगर सभाको हलमा गणपुर नदेखिएपछि अर्को सूचना जारी नभएसम्मको लागि बैठक स्थगित भएको छ ।

३२ जेठमा ल्याएको नीति तथा कार्यक्रमको छलफल अहिलेसम्म निचोडमा पुग्न सकेको छैन । नीति कार्यक्रम नगर सभामा प्रस्तुत भएको १५ दिन पुग्दा पनि टुंगो नलागेको हो ।

२ असारमा नगर सभामा नीति तथा कार्यक्रममाथि छलफल गरेर पारित गर्ने कार्यसूची थियो । तर साझा संशोधन प्रस्ताव आएपछि छलफल हुन सकेन ।

१५औं अधिवेशनको दोस्रो बैठकमा महानगरको नीति तथा कार्यक्रममाथि बोल्न चाहनेहरूका लागि नाम टिपाउन ५ मिनेट समय सुनाएपछि ३ दलका निर्वाचित ३ वडाध्यक्षहरूले साझा संशोधन प्रस्ताव राखेका थिए ।

२ असारमा महानगरका प्रवक्तासमेत रहेका कांग्रेसका तर्फबाट निर्वाचित वडा नम्बर १७ का वडाध्यक्ष नवीन मानन्धर, एमालेका तर्फबाट निर्वाचित ३२ नम्बर वडाका वडाध्यक्ष नवराज पराजुली र एकीकृत समाजवादीबाट निर्वाचित वडा नम्बर १५ का वडाध्यक्ष ईश्वरमान डंगोलले नीति तथा कार्यक्रममाथि अध्ययन गरेर संशोधनको प्रस्ताव तयार गर्न केही समय लाग्ने बताएका थिए । त्यसका लागि केही घण्टा नगर सभा बैठक सार्न आग्रह गर्दा बालेन मानेका थिएनन् । उनले बजेटको दिनसम्मकै लागि बैठक स्थगित गरेका थिए ।

१० असारमा बजेटकै दिन बालेनले नीति कार्यक्रममा छलफल गराए । तर उक्त दिन मानन्धर, पराजुली र डंगोलले नीति कार्यक्रममा साझा संयुक्त संशोधन प्रस्ताव पेस गरे ।

उक्त प्रस्तावमा अधिकांश नगर सभा सदस्य देखिए । मेयर बालेनले ल्याएको नीति कार्यक्रम कार्यपालिकामा नै छलफल नभएको नगर सभामा कुरा उठेको थियो ।

काठमाडौं महानगरमा नेकपा माओवादी केन्द्रकी एकमात्र प्रतिनिधि कार्यपालिका सदस्य अनिता कार्की ढोलीले कार्यपालिकामा छलफल नगरी ल्याएको नीति कार्यक्रमबारे प्रश्न गरेकी थिइन् । ‘जनप्रतिनिधिले बनाउने हो कि कर्मचारीले बनाउने नीति कार्यक्रम हो रु’ उनले ३ वडाध्यक्षले प्रस्तुत गरेको संशोधन प्रस्तावको पनि समर्थन गरिन् ।

नीति कार्यक्रम पास नगरी बजेट

नीति तथा कार्यक्रममा प्रश्न उठेपछि पास नगरी आगामी आर्थिक वर्षको बजेट प्रस्तुत भएको थियो ।

मेयर बालेनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्णयार्थ पेस गरे तर नगर सभा सदस्यहरूले ३ वडाध्यक्षले राखेको साझा संशोधन प्रस्तावमाथिको छलफलपछि मात्रै पास गर्ने बताए ।

जवाफमा बालेनले यथासम्भव संशोधन प्रस्ताव समेट्ने जनाए पनि लिखित प्रस्तावलाई मौखिक जसरी यथासम्भव नहुने भन्दै विरोध भयो । त्यसपछि मेयर बालेन, उपप्रमुख सुनीता डंगोल र प्रमुख प्रशासकीय अधिकृतले छलफल गरेपछि बालेनले नीति कार्यक्रम पास नगरी बजेट ल्याउने बताए ।

प्रवक्ता नविन मानन्धरले नीति कार्यक्रममा पछि छलफल गरेर बजेट र कार्यक्रम एकैचोटी पास गर्न सक्ने सुनाएपछि सुनिता डंगोलले बजेट प्रस्तुत गरेकी थिइन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu