ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न नाम दर्ता हुँदैछ- थपलिया


एबीसी न्यूज
१४ असार २०८१, शुक्रबार   ३ : ११   बजे

काठमाडौं १४ असार । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्न मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ भएको बताएका छन्।

शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक दलहरूसँग पटक पटक छलफल गरेर कार्यविधि पनि अहिले स्वीकृतिको चरणमा रहेको जानकारी दिए।

मलेसियासहित खाडीका अन्य ६ वटा मुलुकबाट मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ गरेको पनि उनले बताए।

 

‘हामीले विदेशमा बस्ने नेपालीको मताधिकारलाई सुनिश्चित गर्नका निम्ति कम्तिमा मतदाता नामावलीमा नाम दर्ता गर्न प्रारम्भ गरौँ भन्यौँ। राजनीतिक दलहरूसँग पटक पटक छलफल गरेका छौँ। कार्यविधि पनि अहिले स्वीकृतिको चरणमा छ,’ उनले भने, ‘त्यति बेला हामीले कहाँ जाने भन्दा हामीले के निधो ग¥यौँ भने मलेसिया र खाडीका ६ वटा मुलुकबाट प्रारम्भ गरौँ न त मतदाता दर्ता चाहीँ प्रारम्भ गराँै भनेर हामीले एउटा अभ्यास प्रारम्भ गरेका थियौँ। यसमा विशेष गरेर सरकार र परराष्ट्र मन्त्रालयको सहयोग हामीलाई चाहिन्छ।’

सरकार र परराष्ट्र मन्त्रालयले सहयोग गरेको खण्डमा विदेशमा रहने नेपालीहरूको मतदाता नामावली संकलन पूर्ण हुने उनको भनाइ थियो।

विदेशमा बस्ने नेपालीहरूलाई मतदानको अधिकार दिने हो भने पहिलो प्राथमिकता वास्तविक नेपाली नागरिक र वास्तविक मतदाताहरू रहेको ठाउँलाई दिनुपर्ने जिकिर गरे।

‘उताको सेवा सुविधा, यताको मायाा भन्ने मोडलकालाई दोस्रो प्राथमिकतामा राखौँ। यतैप्रति हामी बढी आकर्षित छौँ। यताकाले बढी गतिलो आवाज दिन सक्दैन। त्यो पनि थाहा छ हामीलाई। त्यसैले आयोगको फोकस त्यतातिर भएको हुँदा आयोग दिग्भ्रमित छ की, कि ठिकै गर्दैैछ, त्यो पनि छलफल गर्नुहोला। बाह्य मतदान पनि कुन कुनमा दिनेरु स्थानीय तह, प्रदेश, प्रतिनिधि सभा कहाँ कहाँ दिने त्यो पनि हामीले छलफल गरौँ। अहिले हाम्रो प्रयास के मात्रै छ भने दिइहाल्यो भनेपनि प्रतिनिधि सभाको समानुपातिकतर्फ मात्रै जान सकिन्छ भन्ने निष्कर्षमा हामी छौँ,’ उनले भने।

स्थानीय तह, प्रदेश, प्रतिनिधि सभा कहाँ कहाँ दिने भन्नेबारेमा पनि विस्तृत छलफल हुनुपर्ने उनको भनाइ थियो।

‘अहिले हाम्रो दोहोरो नागरिकताको विषय, डीभी, पीआरको विषय, नेपाली नागरिकको विषय र मतदानको अधिकारको विषयमा अलिकति अब विश्लेषण गर्नुपर्ने बेला भयो। निर्वाचनको मूल मन्त्र भनेको निर्वाचन स्वच्छ हुनुपर्छ, स्वतन्त्र हुनुपर्छ, निष्पक्ष हुनुपर्छ, विश्वासिलो हुनुपर्छ भनेका छौँ। यी मैले भनिरहेका व्यवस्थाले निर्वाचनको निष्पक्षतालाई कामय गर्न सक्छ की सक्दैनरु यो पाटोमा पनि छलफल गर्नुपर्छ,’ उनले भने।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group