काठमाडौं, १४ फागुन । काठमाडौंको पुतलीसडकमा लागेको भीषण आगलागी निभाइएकाे छ । पुतलीसडकमा रहेको शेयर मार्केट भवनको पाँचौ तलामा बिहान ९ बजेर ५० मिनेटमा लागेको आगो दमकलको प्रयोग गरेर निभाइएकाे प्रहरीले जनाएको छ ।
आगलागी भएपछि ललितपुर, काठमाडौं र नेपाल प्रहरीको चार वटा दमकलले उक्त स्थानमा पुगेर आगो निभाएका हुन्। प्रहरीले आगो नियन्त्रणमा लिन पानी व्यवसायी र ट्याङकर व्यवसायीलाई पनि आग्रह गरेको थियो। पुतलीसडकमा आगलागी हुँदा कृष्णपाउरोटी, कमलपोखरी, सिंहदरबार, बालुवाटारमा ट्राफिक जाम भएको थियो । बिजुली सर्ट भएर आगलागी भएको महानगरीय प्रहरी वृत्त सिंहदरबारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्