ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतीय स्थलसेनाध्यक्ष सेठले आज प्रधानमन्त्री बालेनलाई भेट्दै


ABC NEWS
२ भदौ २०८३, मंगलबार   १२ : ०५   बजे

काठमाडौँ । नेपाल भ्रमणमा रहेका भारतीय स्थलसेनाध्यक्ष जनरल धिरज सेठले आज प्रधानमन्त्री तथा रक्षामन्त्री वालेन्द्र शाह ‘बालेन’सँग शिष्टाचार भेटवार्ता गर्ने भएका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्ता आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुनेछ।

प्रधानमन्त्रीसँगको भेट भारतीय स्थलसेनाध्यक्षको नेपाल भ्रमणको महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ। भेटवार्तामा नेपाल–भारतबीचको परम्परागत सैन्य सम्बन्ध, आपसी हित, सुरक्षा सहकार्य तथा दुई देशका सेनाबीचको संस्थागत सम्बन्धका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

जनरल सेठ नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा आइतबार काठमाडौं आएका हुन्। भ्रमणका क्रममा उनले नेपाली सेनाका उच्च अधिकारीसँग भेटघाट गर्नुका साथै विभिन्न औपचारिक कार्यक्रममा सहभागिता जनाएका छन्।

राष्ट्रपतिबाट मानार्थ महारथीको दर्ज्यानी

भारतीय स्थलसेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।

राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले सेठलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। नेपाल र भारतबीच एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान प्रदान गर्ने परम्परा लामो समयदेखि कायम छ।

दुई देशका सेनाबीचको विशिष्ट सम्बन्धको प्रतीकका रूपमा लिइने यो सम्मान नेपाल–भारत सैन्य सम्बन्धको एउटा महत्वपूर्ण पक्ष हो। यसअघि नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले पनि भारत भ्रमणका क्रममा भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न ग्रहण गरेका थिए।

प्रधानसेनापति सिग्देलसँग द्विपक्षीय भेट

सेनाध्यक्ष सेठले सोमबार नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि शिष्टाचार भेटवार्ता गरेका थिए। जंगी अड्डामा भएको भेटमा आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ।

भेटवार्तामा दुई देशका सेनाबीच हुँदै आएको सहकार्य, सैन्य सम्बन्ध तथा भविष्यमा त्यसलाई थप प्रभावकारी बनाउने विषयमा छलफल भएको बताइएको छ।

नेपाल र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास, तालिम, उच्चस्तरीय भ्रमण तथा विभिन्न तहमा अनुभव आदानप्रदान हुँदै आएको छ। भारतीय स्थलसेनाध्यक्षको नेपाल भ्रमणलाई पनि यही निरन्तर सैन्य सम्पर्कको महत्वपूर्ण कडीका रूपमा हेरिएको छ।

वीर सैनिक स्मारकमा श्रद्धाञ्जली

नेपाल भ्रमणको दोस्रो दिन सोमबार बिहान भारतीय स्थलसेनाध्यक्ष सेठले सैनिक मञ्च टुँडिखेलस्थित वीर सैनिक स्मारकमा पुष्पगुच्छा अर्पण गरी वीर सैनिकहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए।

त्यसपछि उनलाई जंगी अड्डामा सम्मान गारत प्रदान गरिएको थियो। उनले जंगी अड्डा परिसरमा वृक्षारोपणसमेत गरेका थिए।

भ्रमणका क्रममा भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई सैनिक तथा स्वास्थ्य सामग्रीसमेत हस्तान्तरण गरिएको थियो। यसलाई दुई देशका सेनाबीचको सहयोग र सहकार्यको निरन्तरताका रूपमा लिइएको छ।

प्रधानमन्त्रीसँगको भेटलाई चासोका रूपमा हेरिँदै

प्रधानमन्त्री शाहसँग हुने भेटलाई भने सैन्य सम्बन्धसँगै दुई देशबीचका व्यापक द्विपक्षीय सम्बन्धका दृष्टिले पनि चासोका साथ हेरिएको छ। प्रधानमन्त्रीले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका कारण भेटमा सुरक्षा तथा रक्षा क्षेत्रका विषयले विशेष स्थान पाउने सम्भावना छ।

नेपाल र भारतबीच खुला सीमा, जनस्तरको सम्बन्ध तथा लामो समयदेखिको सामाजिक–सांस्कृतिक सम्बन्धसँगै रक्षा तथा सुरक्षा क्षेत्रमा पनि निकट सहकार्य रहँदै आएको छ। दुवै देशका सेना प्रमुखबीच नियमित उच्चस्तरीय भ्रमण र भेटवार्ता हुने गरेको छ।

प्रधानमन्त्रीसँगको भेटमा विगतको सहकार्यलाई निरन्तरता दिँदै द्विपक्षीय सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने, सुरक्षा सहकार्य विस्तार गर्ने तथा पारस्परिक हितका विषयमा समन्वय बढाउने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

बुधबार स्वदेश फर्किने

भारतीय स्थलसेनाध्यक्ष सेठले प्रधानमन्त्री शाहसँग भेट गरेपछि नेपाल भ्रमणका बाँकी कार्यक्रम पूरा गरी बुधबार भारत फर्किने कार्यक्रम रहेको छ।

चारदिने भ्रमणका क्रममा उनले नेपाली सेनाको उच्च नेतृत्व, राष्ट्रपति तथा प्रधानमन्त्रीसँग भेटवार्ता गरेका छन्। साथै नेपाली सेनाका तर्फबाट आयोजित औपचारिक कार्यक्रम तथा सैन्य सहयोग हस्तान्तरण कार्यक्रममा पनि सहभागी भएका छन्।

भारतीय स्थलसेनाध्यक्षको नेपाल भ्रमणलाई दुई देशका सेनाबीचको परम्परागत सम्बन्धलाई निरन्तरता दिने तथा आपसी विश्वास र सहकार्यलाई थप बलियो बनाउने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक (लाइभ)

पत्रकार किशोर श्रेष्ठका निवास र कार्यालयबाट बरामद सामान पत्नीलाई हस्तान्तरण

सम्बन्धित

नाइमा एक्स्पोमा एथरका ५ सयभन्दा बढी स्कुटर बुकिङ

राष्ट्रसेवक कर्मचारीले अब हरेक १५ दिनमा तलब पाउने

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

बर्दियामा बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ

साना तथा मझौला उद्यमीलाई वित्तीय साक्षरता बढाउन राष्ट्र बैंकको जोड

सुनको मूल्य स्थिर, चाँदीको भाउ घट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu