काठमाडौँ । नाइमा मोबिलिटी एक्स्पोमा एथर नेपालले ५ सयभन्दा बढी विद्युतीय स्कुटरको बुकिङ प्राप्त गरेको जनाएको छ। वैद्य इनर्जी प्रालिअन्तर्गतको एथर नेपालले एक्स्पोमा ग्राहकबाट उल्लेख्य प्रतिक्रिया र बुकिङ प्राप्त भएको जानकारी दिएको हो।
एक्स्पोमा एथरका नयाँ विद्युतीय स्कुटर, अत्याधुनिक प्रविधि र सेवा सुविधाप्रति ग्राहकको आकर्षण देखिएको कम्पनीले जनाएको छ। ब्याट्रीको सुनिश्चितता, सर्भिसमा पहुँच, चार्जिङ पूर्वाधार तथा व्यावहारिक प्रविधिका कारण ग्राहकको चासो बढेको कम्पनीको भनाइ छ।
एथरले ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी प्रदान गर्दै आएको छ। कम्पनीका अनुसार वारेन्टीअन्तर्गत ब्याट्री हेल्थ कम्तीमा ७० प्रतिशत कायम रहने सुनिश्चितता पनि रहेको छ।
हाल एथरले नेपालभर १० भन्दा बढी आधिकारिक सर्भिस सेन्टर र ५० भन्दा बढी फास्ट चार्जिङ ग्रिड विस्तार गरेको जनाएको छ।
एक्स्पोमा एथरले ‘४५० ओभरटन’ सिरिजसमेत सार्वजनिक गरेको थियो। कम्पनीका अनुसार नयाँ मोडल र प्रविधिप्रति ग्राहकको आकर्षण बढेसँगै एक्स्पोमा ५ सयभन्दा बढी स्कुटरको बुकिङ प्राप्त भएको हो।
Originally published on abcnews.com.np.







प्रतिक्रिया दिनुहोस्