ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाङ यी र जयशंकरबीच भेटवार्ता, चीन–भारत सीमा समस्या चाँडो टुंग्याउने सहमति


एबीसी न्यूज
२० असार २०८१, बिहिबार   १ : ४०   बजे

काठमाडौं २० असार । चीन र भारतले सीमा क्षेत्रका समाधान हुन बाँकी विषय सकेसम्म चाँडो टुंग्याउने भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच कजाकस्तानमा भएको भेटमा उनीहरू यस्तो सहमतिमा पुगेका हुन्।

वाङसँगको भेटबारे जानकारी गराउँदै भारतीय विदेशमन्त्री जयशंकरले बाँकी रहेका सीमा समस्या कूटनीतिक र सैन्य माध्यममामार्फत समाधान गर्न प्रयास बढाउने सहमति भएको बताएका छन्।

‘सीमावर्ती क्षेत्रमा बाँकी रहेका मुद्दा चाँडो समाधान गर्नेबारे चर्चा भयो,’ सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘यसका लागि कूटनीतिक र सैन्य संयन्त्रमार्फत प्रयास बढाउनेबारे सहमति भयो।’

 

जयशंकरले वास्तविक नियन्त्रण रेखाको सम्मान गर्न र सीमा क्षेत्रमा शान्ति तथा सौहार्दता सुनिश्चित गर्न आवश्यक रहेको जिकिरसमेत गरेका छन्। ‘आपसी सम्मान, आपसी संवेदनशीलता र आपसी हितले हाम्रो द्वीपक्षीय सम्बन्धलाई मार्गदर्शन गर्नेछ,’ उनले लेखेका छन्।

सांघाई सहयोग संगठन ९एससीओ० को २४ औं बैठक आज कजाकस्तानमा बस्दै छ। उक्त बैठकमा भारतको प्रतिनिधित्व गर्दै जयशंकर त्यहाँ पुगेका हुन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नगए पनि उक्त बैठकमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादमिर पुटिन, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ लगायतको उपस्थिति रहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group