ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकीकृत समाजवादीमा चुनावी प्रक्रिया सुरु, मतदान भोलि


एबीसी न्यूज
२० असार २०८१, बिहिबार   २ : ००   बजे

काठमाडौं २० असार । नेकपा एकीकृत समाजवादीको जारी १० औं महाधिवेशनमा चुनावी प्रक्रिया सुरु भएको छ। राजधानीको प्रज्ञाप्रतिष्ठानमा असार १६ गतेदेखि सुरू भएको महाधिवेशन आज सकिने समयसीमा थियो।

तर, सकेसम्म सहमतिबाटै नेतृत्व चयन गर्ने पार्टी नेतृत्वको प्रयासका कारण ढिलो गरि निर्वाचन प्रक्रिया सुरू गरेको हो।

एकीकृत समाजवादीको निर्वाचन आयोग प्रमुख माधव पौडेले विद्युतीय मेसिनबाट मतदान गर्ने बताउँदै त्यसका लागि प्रारम्भिक मतदाता नामावली प्रकाशन भएको जानकारी नेपालखबरलाई दिए।

 

अहिले मतदाता नामावली सच्याउने र मतदाताको तस्बिर स्क्यान गरेर मेसिनमा राख्ने काम भइरहेको जानकारी उनले दिए। ‘मतदाता नामावली प्रकाशन गरेर, त्यसमा सच्याउने समय दिएर, अहिले गलत भएको कुरा सच्याउने काममा लागिरहेका छौं,’ पौडेलले भने।

आजै अन्तिम नामावली प्रकाशन गर्न लागेको जानकारी दिएका उनले मतदान भने भोलि मात्रै हुने बताए। ‘भोटिङ भोलि हुन्छ,’ पौडेलले भने, ‘फाइनल लिस्ट आज कति बेला निकालिन्छ, अनि मात्रै त्यसबाट भोलि कतिबेला मतदान हुन्छ भन्ने थाहा हुन्छ।’

पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले पनि ढिला गरि चुनावी प्रक्रिया सुरु भएको स्वीकार गरे। पार्टी अध्यक्ष माधव नेपाल सहमतिमै नेतृत्व चयनको प्रयासमा लागेकाले मतदानमा जान नपर्ने र महाधिवेशन आजै टुंगिने अवस्था पनि आउन सक्ने उनको भनाइ छ।

‘सहमतिको प्रयास भइरहेको छ,’ खतिवडाले भने, ‘अध्यक्ष कमरेड अहिले परामर्शमा व्यस्त हुनुहुन्छ।’

एकीकृत समाजवादीको महाधिवेशनले २१ पदाधिकारीसहित २ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ। महाधिवेशनमा १ हजार ८ सय ४९ प्रतिनिधि रहेका छन्।

उनीहरूलाई विद्युतीय उपकरणबाट मतदानका लागि आवश्यक प्रशिक्षण पार्टीको निर्वाचन आयोगले यसअघि नै गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group