काठमाडौं , १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमवार चार मन्त्री थप्दै मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । यससँगै माओवादी केन्द्र पनि सरकारमा सहभगी भएको छ । आज थपिएका ४ मन्त्रीले पद तथा गोप्नीयताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति निवास सितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई सपथ ग्रहण गराउनु भएको हो । सपथ ग्रहण सगै ओली नेतृत्वको सरकारमा मन्त्रीको संख्या ६ पुगेको छ ।
माओवादी नेता रामबहादुर थापा बादल गृहमन्त्री बन्नुभएाको छ । पूर्वरक्षामन्त्री समेत हुनुभएका बादल माओवादीका वरिष्ठ नेता समेत हुनुहुन्छ र सरकारमा पार्टीको नेतृत्व उहाले नै गर्नुहुने छ ।
एमालेबाट बनेका मन्त्रीहरु
इश्वर पोख्रेल – रक्षामन्त्री
युवराज खतिवडा – अर्थमन्त्री
एमालेबाट राष्ट्रियसभा सदस्यमा मनोनित अर्थमन्त्री खतिवडालाई सर्बोच्च अदालतले शपथ खानको लागि रोक लगाएको छ । उहाँ राष्ट्रियसभा सदस्य नरहेपनि संविधानले उहाँलाई मन्त्री बन्नको लागि भने रोकेको छैन् । मन्त्री भएको ६ महिनाभित्रमा सांसद बन्नुपर्ने संवैधानिक व्यवस्था रहेकाले उहाँ मन्त्री हुनुभएको हो ।
रक्षामन्त्री इश्वर पोख्रेलले यसअघि आपूर्ति मन्त्रालयको जिम्मेवारी समाल्नुभएको थियो भने अर्थमन्त्री युवराज खतिवडा राष्ट्र बैंकको पूर्व गर्भनर तथा राष्टिय योजना आयोगको उपाध्यक्ष समेत रहनुभएको थियो ।
माओवादी केन्द्रबाट बनेका मन्त्रीहरु
रामबहादुर थापा – गृहमन्त्री
मातृका यादव – उद्योग वाणिज्य तथा आपूर्ति
प्रतिक्रिया दिनुहोस्