ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युरोपियन कप : पहिलो सेमिफाइनलमा आज स्पेन र फ्रान्स भिड्दै


एबीसी न्यूज
२५ असार २०८१, मंगलबार   २ : १५   बजे

काठमाडौं २५ असार । युरोपियन कपको पहिलो सेमिफाइनलमा आज मंगलबार मध्यराति स्पेन र फ्रान्स भिड्दै छन्।

म्युनिखको म्युनिख फुटबल एरिनामा हुने पहिलो सेमिफाइनल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ। जर्मनीलाई २–१ गोल अन्तरले हराउँदै स्पेन सेमिफाइनलमा पुगेको हो।

 

समूह चरण र नकआउट चरणको खेललाई हेर्ने हो भने फ्रान्सभन्दा स्पेन बलियो देखिएको छ।  फ्रान्सका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले सेमिफाइनलमा फुटबलको सुपर पावर टोली स्पेन उत्कृष्ट प्रतिद्वन्द्वी रहेको बताए।

उनले भने, ‘उनीहरू एक टिमको रुपमा शक्तीशाली मात्र हैन, शारिरिक रूपमा बलियो, एकदमै छरितो र व्यक्तिगत रूपमा पनि उत्कृष्ट खेलाडी छन्। उनीहरू विश्वको उत्कृष्ट टोली रहेकामा कुनै शंका छैन।’

समूह बीमा रहेको स्पनेले समूह चरणमा क्रोएसियालाई ३–०, इटालीलाई १–० र अल्बानियालाई १–० गोल अन्तरले हराउँदै नकआउट चरणमा प्रवेश गरेको थियो। राउन्ड अफ १६ मा जर्जियालाई ४–१ को फराकिलो अन्तरले हराएको स्पेनले क्वार्टरफाइनलमा आयोजक जर्मनीलाई जित्दै अन्तिम चारमा स्थान बनाएको थियो।

फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेस्चाम्सले युरो कपका हरेक खेलमा राम्रो छाप छाडिरहेको बताए। स्पेनको टोलीमा राम्रो मिडफिल्ड रहेकाले उनीहरूमा खेललाई नियन्त्रणमा लिन सक्ने क्षमता रहेको दाबी उनले गरेका छन्।

क्वार्टरफाइनलमा फ्रान्सले पोर्चुगललाई टाइब्रकेरमा ५–३ गोल अन्तरले हराउँदै स्पेनसँगको भेट पक्का गरेको हो।

समूह डीमा रहेको फ्रान्सले भने समूह चरणमा अस्ट्रियालाई १–० ले हराउँदा नेदरल्यान्ड्ससँग भने गोलरहित बराबरी खेलेको थियो।

समूह चरणको अन्तिम खेलमा पोल्यान्डसँग १–१ को बराबरी खेल्दै अंक बाँडेको फ्रान्सले नकआउट चरणमा बेल्जियमलाई १–० ले मात्र हराएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu