ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जयन्दु बाल सुधार गृहमा फेरि विवाद : चार घाइते, दुई बालबन्दी फरार


एबीसी न्यूज
२५ असार २०८१, मंगलबार   ३ : २०   बजे

काठमाडौं २५ असार । बाँकेको डुडुवा गाउँपालिकामा रहेको जयन्दु बालसुधार गृहमा फेरि बालबन्दीहरु बिच कुटपिट भएको छ । सो कुटपिटबाट चार जना बालबन्दी घाइते भएका छन् ।

बालबन्दीहरु बिच सोमबार राती विवाद हुँदा ६५ जना बालबन्दी फरार भएका थिए । फरारमध्ये ६० जना बालबन्दी राति नै खोजी गर्दा सम्पर्कमा आएको र तीन जनालाई बिहान खोजेर ल्याइएको तथा दुई जना अझै फरार रहेको जयन्दु बालसुधार गृहका प्रमुख बिमला काउचामगरले बताउनुभयो ।

उहाँले खाना खाने विषयमा चौकीदार बालबन्दी र अन्य बालबन्दीबिच विवाद भएको थियो । सो क्रममा चार जना बालबन्दी मिलेर चौकीदारलाई कुट्न जाँदा उनीहरूबिच कुटपिट भएको प्रमुख काउचामगरले जानकारी दिनुभयो ।

सोही क्रममा ६५ जना बालबन्दी सुधार गृहबाट भागेको र सो क्रममा चार जना घाइते भएको सुधारगृहका उहाँको भनाइ छ । घाइतेमध्ये दुईजना सामान्य र दुई जनालाई अलि बढी चोट लागेको उहाँले बताउनुभयो । साथै भाग्ने क्रममा केही कैदीबन्दीको हात र औँलामा सामान्य चोट लागेको उहाँले बताउनुभयो ।

विवाद र कुटपिट गर्ने मध्येका ११ जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेमा तत्काल पुर्‍याइएको सो बालसुधार गृहले जनाएको छ । फरार भई अझै सम्पर्कमा नआएका दुई जनाको पनि खोजी तीव्र गतिमा भइरहेको प्रहरीले जनाएको छ ।

विभिन्न विषयलाई लिएर पटक–पटक बालबन्दीहरु बिच विवाद हुने गरेको सो बाल सुधार गृहमा गत वर्ष असोज ४ गते पनि विवाद भएको थियो । सो क्रममा रुपन्देही कन्चन गाउँपालिका ४ का सुलभ केसीको मृत्यु भएको थियो भने ११ जना बालक घाइते भएका थिए ।

त्यसलगत्तै विवाद गर्नेहरूलाई त्यहाँबाट नौबस्ता कारागारमा सारिएको थियो । हाल आएर नौबस्ता कारागारमा रहेको बाल सुधार गृहमा ११३ जना बालबन्दी रहेको नौबस्ता बाल सुधार गृहका प्रमुख श्याम बहादुर रानाले बताउनुभयो । जयन्दु बाल सुधार गृहमा भने हाल २५९ जना बालबन्दी रहेको सो बाल सुधार गृहले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu