ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सञ्चालकबारे विभागको निर्देशन कार्यान्वयन गर्न सकिँदैन : महासंघ


एबीसी न्यूज
२५ असार २०८१, मंगलबार   ४ : ४४   बजे

काठमाडौं २५ असार । सहकारी विभागले एउटै व्यक्ति दुई वा दुईभन्दा बढी सहकारी संघरसंस्थाको सञ्चालक हुन नपाउने व्यवस्थाले सहकारी अभियानमा समस्या हुने भन्दै राष्ट्रिय सहकारी महासंघले आपत्ति जनाएको छ ।

सहकारी विभागले १९ जेठमा एक सूचना जारी गर्दै एउटै व्यक्ति दुई वा दुईभन्दा बढी सहकारी संघरसंस्थाको सञ्चालक भएमा त्यस्तो व्यक्तिले ३० दिनभित्र दोहोरो पद त्यागेर एकल पदमा मात्रै बस्न निर्देशन दिएको थियो । विभागको उक्त निर्देशन कार्यान्वन गर्न नसकिने महासंघको भनाइ छ ।

अहिले एउटै व्यक्ति एकभन्दा बढी प्रारम्भिक संस्थाको सञ्चालक रहेको र प्रारम्भिक संस्थाका सञ्चालकहरू नै संघमा समेत सञ्चालक भएर काम गरिरहेका छन् ।

विभागको निर्देशन अनुसार प्रारम्भिक संस्था र संघमा समेत सञ्चालक भएकाहरूले सञ्चालकको जिम्मेवारी छोड्नुपर्छ । यस्तै एकभन्दा बढी प्रारम्भिक संस्थाको सञ्चालक छन् भने एक संस्थाको मात्रै सञ्चालक बस्नुपर्ने हुन्छ ।

 

विभागको उक्त निर्देशनले सहकारी अभियानलाई नै समस्या हुने भन्दै राष्ट्रिय सहकारी महासंघले प्रारम्भिक संस्थामा मात्रै उक्त व्यवस्था गरी संघमा सञ्चालक हुने पाउने व्यवस्था गर्नुपर्ने माग गरेको हो ।

एक जना व्यक्ति एकै समयमा एउटा मात्र सहकारी संघरसंस्थाको सञ्चालक हुन सक्ने भन्ने निर्देशनले सहकारी अभियानमा कठिनाइ उत्पन्न भएको महासंघको ठम्याइ छ ।

हालको विषम परिस्थितिमा विभागको निर्देशनले प्रारम्भिक संस्था तथा संघहरूमा बीचैमा नेतृत्व छोड्दा अन्योल सिर्जना भई समस्या आउन सक्ने महासंघको भनाइ छ ।

विभागको निर्देशनबाट विचलन नभई पूर्ववत अवस्थामा काम गर्न समेत सहकारी संघरसंस्थाका सञ्चालकहरूसँग महासंघले आह्वान समेत गरेको छ ।

सहकारी ऐन २०७४ दफा २ को खण्ड ९फ० मा ‘सहकारी संस्था भन्नाले संस्था वा संघलाई सम्झनुपर्छ र सो शब्दले सहकारी बैंकलाई समेत जनाउँछ’ भन्ने व्यवस्थाले दुविधा उत्पन्न भएको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तोमा उक्त प्रावधन हटाउनु पर्ने भनी अभियानको तर्फबाट सहकारी ऐनको संशोधनको बुँदामा समेत परेको समयमा विभागको निर्देशन हालको समस्याको समाधानको बाटो नभएको महासंघको दाबी छ ।

प्रारम्भिक सहकारी संस्थाको हकमा भने ऐनको दफा ४१ ९५० मा भएको व्यवस्था अनुसार कुनै व्यक्ति एकै समयमा एक मात्र प्रारम्भिक सहकारी संस्थाको सञ्चालक हुन सक्नेछ भन्ने प्रावधानलाई भने तत्काल कार्यान्वय नगर्न महासंघले अपिल गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu