ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ड्युटीमा खटिएका प्रहरीलाई झापड हान्ने अधिवक्तालाई कारबाही गर्न माग


एबीसी न्यूज
२६ असार २०८१, बुधबार   ९ : ३९   बजे

काठमाडौं, २६ साउन । काठमाडौं जिल्ला अदालतमा कार्यरत कर्मचारीले ड्युटीमा खटिएको प्रहरीलाई झापड हानेर अभद्र व्यवहार गर्ने अधिवक्तालाई कारबाही गर्न माग गरेका छन्।२३ असार जिल्ला अदालतको गेट नम्बर ३ (अदालतका कर्मचारी र कानुन व्यवसायीहरूको लागि मात्र प्रयोग गर्ने भनी तोकिएको क्षेत्र) मा सुरक्षार्थ ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई कानुन व्यवसायी नानी थापा भन्ने लक्ष्मी थापाले ‘सिपाही भएर बढ्ता बोल्ने’ भन्दै अपशब्द प्रयोग गर्दै झापड हानेको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै कर्मचारीहरूले कारबाहीको माग गरेका हुन्।ड्युटीमा खटिएको राष्ट्रसेवक कर्मचारीप्रति अभद्र व्यवहार गरेको घटनाले अदालतको मर्यादामै प्रहार भएको कर्मचारीहरूको ठहर छ।

न्यायपालिकाजस्तो संवेदनशील क्षेत्रमा दिनरात अहोरात्र खट्ने सुरक्षाकर्मीलाई गालीगलौज गर्दै बर्दीधारी प्रहरीमाथि हातपात गरी उल्टै सो विषयलाई अतिरंजित गरी अदालतमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीको मनोबल गिराउने र परिस्थितिलाई विषयान्तर गरी तरलता निर्माण गर्ने र धमिलो पानीमा माछा मार्ने गरी विकसित पछिल्ला घटनाक्रमहरूले अदालतको मर्यादामा प्रहार गरेको अनुभव गरेका छौँ,’ काठमाडौं जिल्ला अदालत कर्मचारी परिवारले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

कर्मचारी परिवारले अदालतको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई आफ्नो कर्तव्य पालनाको सिलसिलामा हातपात गरी समग्र कर्मचारी र सुरक्षाकर्मीको मनोबल घटाउने मनसायले गरिएको आपराधिक कार्यप्रति घोर भर्त्सना गरेको छ। ‘यस्तो गल्ती–आपराधिक कार्यमा संलग्न व्यक्तिउपर जाहेरी दरखास्त दर्ता गरी कानुनी कारबाही अघि बढाउन अनुरोध गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, यस घटना र सोबाट विकसित पछिल्ला घटनाक्रमप्रति संयमता अपनाउन सम्पूर्ण पक्षमा ध्यानाकर्षण गराउन चाहन्छौँ।’

कर्मचारी परिवारले घटनासँग सम्बन्धित सिसिटिभी क्यामेराको फुटेज अध्ययन–अनुसन्धान गरी दोषीउपर कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउन पनि माग गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group