ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हङकङबाट मुख्यभूमि जान लागेका व्यक्ति सीमामै समातिए, खल्तीमा थियो १०४ जिउँदो सर्प


एबीसी न्यूज
२६ असार २०८१, बुधबार   १२ : १४   बजे

काठमाडौं २६ असार । हङकङ र मुख्यभूमि चीनको सेन्जेन सीमानाकाका अधिकारीले मंगलबार एउटा अनौठो घटनाको सामना गरेका छन्।

सेन्जेन भन्सारले सामाजिक सञ्जाल वि च्याटमा पोस्ट गरेअनुसार एक पुरुष यात्रीलाई फ्युसन चेकपोइन्टको हरियो च्यानलबाट सीमापार गर्न लागेको अवस्थामा चेकजाँच गर्दा उक्त अनौठो परिस्थितिको सामना गरिएको हो।

चेकजाँचका क्रममा चिनियाँ अधिकारीले उक्त यात्रीले लगाएको ट्राउजरको खल्तीमा ६ वटा ड्रस्टिङ क्यान्भास झोला फेला पारेका थिए, जसमा विभिन्न रंग र आकारका १०४ वटा जिवित सर्प थिए।

ती सर्प मिल्क स्नेक, वेस्टर्न होग्नोज स्नेक, कोर्न स्नेक, ब्ल्याक र्‍याट स्नेक, बुलस्नेक लगायत प्रजातिका गैरविषालु रहेको भन्सार कार्यालयले जनाएको छ।

बरामद सर्पमध्ये ब्ल्याक र्‍याट स्नेकलाई मूल निवासी मानिन्छ भने अन्य विदेशी प्रजातिका हुन्। विदेशी प्रजातिको सर्पलाई मुख्यभूमिमा अनुमतिविना आयात गर्न निषेध गरिएको छ।

मुख्यभूमिमा सर्प तस्करीको प्रयास नौलो त होइन तर यति धेरै संख्यामा सेन्जेन सीमाबाट पार गर्न खोजिएको यो ठूलो परिमाणको घटना हो।

डिसेम्बर २०२२ मा पनि एक महिलाले ६ वटा लोपोन्मुख जंगली सर्प सीमापार गर्न खोजेको अवस्थामा पक्राउ परेकी थिइन्।

त्यस्तै, २०२२ कै जुलाईमा अर्की महिलाले ब्रामा ४ वटा कर्न स्नेक लुकाएर सीमापार गर्न खोजेको अवस्थामा पक्राउ परेकी थिइन्।

पछिल्लो समय १०४ वटा सर्पसहित समातिएका व्यक्तिको नाम र उमेर सेन्जेन भन्सारले सार्वजनिक गरेको छैन।

अनुमतिविना विदेशी प्रजातिको सर्प भित्र्याउनु मुख्यभूमिको नियमानुसार गैरकानुनी भएकोले यसबारे थप अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group