ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेले छुट्टै स्वयंसेवी संगठन बनाउँछ : ओली


एबीसी न्यूज
२७ असार २०८१, बिहिबार   १२ : ३९   बजे

काठमाडौं २७ असार । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले भोलेन्टियर्स नेसनल नेटवर्क बनाउने घोषणा गरेका छन्।

समाज परिवर्तनको प्रयासलाई सचेत ढंगले अघि बढाउनका लागि पार्टीले महिला र पुरुष दुवैको भोलेन्टियर्स नेसनल नेटवर्क बनाएर परिचालन गर्न चाहेको ओलीको भनाइ छ।

एमालेले हालै सम्पन्न गरेको राष्ट्रिय महिला भेलामा महिलाहरूलाई मात्रै भोलेन्टियर्सको रूपमा परिचालन गरेको थियो। आइतबार पार्टी मुख्यालय च्यासलमा उनीहरूको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै ओलीले महिला र पुरुष दुवैको भोलेन्टियर्स नेसनल नेटवर्क बनाउने बताएका हुन्। त्यसमा सहभागी हुनेले जंगी अनुशासनमा रहेर समाजलाई लयमा अघि बढाउन सहयोग गर्ने ओलीको दाबी थियो।

 

‘हामी जानीबुझी सचेत ढंगले कुनै अलमलमा नपरी, दुविधा नभई अन्धविश्वासमा होइन, विश्वासमा र भ्रममा होइन, स्पष्टतामा यो लोक, यो देश सपार्नका लागि आफ्नो सेवा दिइरहेका छौँ,’ ओलीको भनाइ थियो, ‘विभिन्न संगठनहरूमार्फत खास गरी हाम्रो पार्टी नेकपा एमाले र यसका वरिपरि रहेको जनमतलाई हामीले विभिन ढंगले संगठित गरेर परिचालन गरिरहेका छौँ। र यसले समाज परिवर्तनका लागि सही विचारमा संगठित शक्तिलाई अगाडि बढाइरहेको छ। यस प्रसंगमा स्वाभाविक रुपमा स्वयंसेवा अत्यावश्यक हुन्छ।

अध्यक्ष ओलीले एमालेले यसअघि नै पिपुल्स भोलेन्टियर्स, युथ फोर्सजस्ता संस्थाहरूलाई स्वयंसेवी संगठनको रूपमा परिचालन गरेको पनि स्मरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वर्षासँगै आज पनि २८ जिल्लामा आकस्मिक बाढीको जोखिम, ठूला नदीको बहावसमेत बढ्ने

जनकपुरधाममा गुठीको अतिक्रमित जग्गा खाली गर्न डोजर चलाइयो

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu