ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्धि र विकासका लागि वाम गठबन्धनसहितको सरकार गठन हुने


एबीसी न्यूज
१५ फाल्गुन २०७४, मंगलबार   ८ : ३५   बजे

राजविराज, १५ फागुन ।  प्रदेश नं २ मा वाम गठबन्धनसहितको सरकार गठन हुनसक्ने नेकपा (एमाले) स्थायी कमिटी सदस्य तथा प्रदेश नं २ का संसदीय दलका नेता सत्यनारायण मण्डलले बताउनुभएको छ ।

नेपाल बुद्धिजीवी परिषद्, सप्तरीद्वारा सोमबार राजविराजमा आयोजित ‘होलीको शुभकामना, बधाई तथा सम्मान कार्यक्रम’ मा नेता मण्डलले प्रदेशको समृद्धि र विकासका लागि वाम गठबन्धनसहितको सरकार बनाउने प्रयास भइरहेको बताउनुभयो ।

“प्रदेशलाई आर्थिकरुपमा समृद्ध र विकसित बनाउन सबै पार्टीको सहकार्य आवश्यक छ,” नेता मण्डलले भन्नुभयो, “प्रदेश नं २ मा राजपा र फोरमका प्रदेश सांसद नै अनुपस्थित भएर विश्वासको मत नपुग्ने अवस्थामा हामीले विश्वासको मत पनि दिएका छौँ ।” मधेश र मधेशी जनताको पक्षमा कम्युनिष्ट पार्टी नै रहेको कुरा व्यवहारबाट जवाफ दिने उहाँले बताउनुभयो ।

राष्ट्रियसभा सदस्य तथा एमाले केन्द्रीय सदस्य सुमनराज प्याकुरेलले केन्द्रमा फोरम–राजपा तथा प्रदेश नं २ मा वाम गठबन्धनसहितको सरकार गठनको प्रयास भइरहेको बताउनुभयो ।

मधेशी जनता र सरकारबीच पुलको काम गर्ने बताउँदै उहाँले कामले मधेशको पक्षमा कम्युनिष्ट पार्टी रहेको पुष्टि गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

पूर्व सिँचाइमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता उमेश यादवले नाकाबन्दीको समयमा केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले मधेशका लागि दिएको पर्याप्त बजेटका कारण नै काँग्रेसको पालामा जीर्ण बनेका पूर्वाधार र संरचनाको विकास निर्माण शुरु भएको बताउनुभयो ।

परिषद्का अध्यक्ष भूपेन्द्रनारायण मण्डलको अध्यक्षतामा सम्पन्न सम्मान समारोहमा एमाले र माओवादी केन्द्रबाट प्रदेश सभामा निर्वाचित सदस्यहरुलाई अबीर, माला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रतिनिधिसभा बैठक (लाइभ)

पत्रकार किशोर श्रेष्ठका निवास र कार्यालयबाट बरामद सामान पत्नीलाई हस्तान्तरण

सम्बन्धित

नाइमा एक्स्पोमा एथरका ५ सयभन्दा बढी स्कुटर बुकिङ

राष्ट्रसेवक कर्मचारीले अब हरेक १५ दिनमा तलब पाउने

भारतीय स्थलसेनाध्यक्ष सेठले आज प्रधानमन्त्री बालेनलाई भेट्दै

सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो

बर्दियामा बुवाको हत्या आरोपमा १९ वर्षीय युवक पक्राउ

साना तथा मझौला उद्यमीलाई वित्तीय साक्षरता बढाउन राष्ट्र बैंकको जोड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu