ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अस्पतालबाट डिस्चार्ज भए ट्रम्प, पूर्वनिर्धारित तालिका अनुसार चुनावी अभियानमा सक्रिय


एबीसी न्यूज
३० असार २०८१, आइतबार   १२ : ५७   बजे

काठमाडौं ३० असार । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि गोली प्रहारको घटनापछि पनि चुनावी अभियानलाई जारी राखेका छन् । बीबीसीका अनुसार उनी अस्पतालबाट डिस्चार्ज भएका छन् र पुनः चुनावी अभियानमा सक्रिय भएका छन् ।

आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका लागि रिपब्लिकन उम्मेदवार ट्रम्प र डेमोक्रेट उम्मेदवार जो बाइडन प्रतिस्पर्धामा उत्रिएका छन् ।

पेन्सिलभेनियाको ग्रेटर पिट्सबर्ग क्षेत्रको बटलर काउन्टीमा चुनावी र्‍यालीलाई सम्बोधन गरिरहेका बेला ट्रम्पमाथि गोली प्रहार भएको थियो । उनको कानमा गोली लागेको थियो । उनको हत्या गर्ने उद्देश्यले गोली प्रहार भएको र कानमा मात्र गोली लागेर जोगिएको अमेरिकी अधिकारीहरुले बताएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ट्रम्पमाथि गोली चलाउने व्यक्ति पनि सुरक्षा कारबाहीमा मारिएका छन् । अमेरिकी संघीय जाँच व्यूरो एफबीआईका अनुसार उनी २० वर्षका थोमस मथ्यु क्रुक्सको रुपमा पहिचान भएको छ । उनको बारेमा थप विवरण खुलिसकेको छैन । अधिकारीहरुले घटनाको अनुसन्धान गरिरहेको जनाएका छन् ।

गोली प्रहारको घटनापछि अस्पतालमा सामान्य उपचार गरी ट्रम्प न्यूजर्सीस्थित घर गएका छन् । त्यहाँबाट उनी विस्कोन्सिनको मिलवोकीमा हुने रिपब्लिकनको नेश्नल कन्भेन्समा सहभागी हुने छन् । यो कन्भेन्सनले आधिकारिक रुपमा ट्रम्पले उपराष्ट्रपति पदको उम्मेदवार चुन्ने छन् ।

ट्रम्पको चुनावी अभियानको कार्यालयले पूर्वनिर्धारित तालिका अनुसार नै ट्रम्प चुनावी अभियानमा सक्रिय भएको जनाएको छ । साथै कार्यालयले ट्रम्पको स्वास्थ्यप्रति चिन्ता, चासो र शुभेच्छा व्यक्त गर्ने सबैप्रति कृतज्ञता ज्ञापन गरेको छ ।

 

डोनाल्ड ट्रम्प

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu