काठमाडौं ३० असार(विभिन्न मिडियाबाट): डोनाल्ड ट्रम्प शनिबारको र्यालीमा भएको हत्या प्रयासमा घाइते भएपछि आफ्नो घर न्यु जर्सी फर्केका छन्।
पेन्सिल्भेनियामा आयोजित कार्यक्रमको क्रममा उनी बोल्दै गर्दा गोली चलेको आवाज सुनिएको थियो । , त्यो आवाजले भीडमा आतंक मच्चायो र खुफिया सेवा एजेन्टहरूले पूर्व राष्ट्रपति ट्रम्पलाई घेराबन्दी गरेर कारकेडमा लगेका थिए ।
रक्ताम्मे अनुहार लिएर देखापरेका ट्रम्पले उनको कानमा गोली लागेको बताएका छन् । उनले ‘विजिङ आवाज’ सुने र ‘गोलिले छाला चिरिरहेको महसुस’ गरे।
एफबीआईले २० वर्षका थोमस म्याथ्यु क्रुक्सलाई पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासमा संलग्न व्यक्ति रूपमा पहिचान गरेको बताएको छ।
खुफिया सेवा एजेन्टहरूले बन्दुकधारी व्यक्तिलाई लाई गोली हानी मारिदिएको बताइएको छ ।
र्यालीमा गोली लागेर एक दर्शकको मृत्यु भएको र अन्य दुई जना गम्भीर घाइते भएका छन्। अधिकारीहरूका अनुसार पीडितहरू वयस्क पुरुषहरू हुन् ।
एक प्रत्यक्षदर्शीले बीबीसीलाई बताएअनुसार उनले नजिकैको छतमा राइफल बोकेका एक व्यक्तिलाई गोली चल्नुअघि घिस्रिरहेको देखेका थिए।
राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्पमाथिको हत्या प्रयासको निन्दा गर्दै सबै अमेरिकीहरूलाई यस्ता ‘विकृत’ हिंसाको निन्दा गर्न आह्वान गरेका छन्।
भिडियोमा देखाइएको अनुसार प्रमुख रिपब्लिकन राष्ट्रपतीय उम्मेदवार ट्रम्प गोली चलेपछि जमिनमा ढलिरहेका थिए र फेरि उठेर भीडतर्फ आफ्नो मुठी उठाउँदै थिए।
प्रतिक्रिया दिनुहोस्