ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्जेन्टिनाका लागि दशौं अन्तर्राष्ट्रिय फाइनल खेल्दै मेसी, यस्तो छ ९ फाइनल


एबीसी न्यूज
३० असार २०८१, आइतबार   २ : ५३   बजे

काठमाडौं ३० असार । अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि रक्षाका लागि फाइनलमा कोलम्बियासँग खेल्दैछ । टिमका कप्तानसमेत रहेका अर्जेन्टाइन सुपरस्टार फुटबलर लिओनल मेसीले आफ्नो राष्ट्रिय जर्सी लगाएर अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा दशौं फाइनल खेल्दैछ ।

साविक विजेतासमेत रहेको अर्जेन्टिना लगातार दोस्रो पटक कोपा जित्ने लक्ष्यमा छ । मेसी सम्मिलित अर्जेन्टिनाले सन् २०२१ मा २८ वर्षपछि कोपा अमेरिका जितेको थियो ।

२३ वर्षपछि पहिलो पटक फाइनल पुगेको कोलम्बिया भने दोस्रो पटक कोपा उचालने दाउमा छ । कोलम्बिया यसअघि सन् २००१ मा एकपटक मात्रै कोपा जितेको छ । अर्जेन्टिना र कोलम्बियाबीचको खेल मायामीस्थित हार्ड रक स्टेडियममा नेपाली समय अनुसार सोमबार बिहान ६स्१५ बजे सुरु हुनेछ ।

मेसीले यसअघि अर्जेन्टिनाका लागि फिफा विश्वकप, कोपा अमेरिका, ओलम्पिक, यू(२० विश्वकप गरी ९ पटक फाइनल खेलेका छन् । जसमा ५ पटक उनले फाइनल जितेका छन् भने ४ पटक पराजित भएका छन् । यस्तै उनले फाइनलमा ४ गोल गर्दा ४ असिस्ट समेत गरेका छन् ।

मेसीले यसअघि खेलेको ९ फाइनल कस्ता थिए त्यसबारे सामग्री

यू२० विश्वकप २००५

मेसीले अर्जेन्टिनाको जर्सीमा कुनै पनि प्रतियोगिता खेलेको पहिलो फाइनल सन् २००५ मा थियो । त्यसबेला मेसी सम्मिलित अर्जेन्टिना यू(२० विश्वकपको फाइनल पुगेको थियो ।

नेदरल्याण्ड्समा भएको उक्त प्रतियोगितामा अर्जेन्टिनाले नाइजेरियालाई २(१ ले पराजित गर्दै उपाधि जितेको थियो । अर्जेन्टिनालाई च्याम्पियन बनाउन मेसीले नै फाइनलमा दुवै गोल गरेका थिए । उनले दुई गोल नै पेनाल्टीबाट गरेका थिए ।

उक्त प्रतियोगितामा मेसीले गोल्डेन बुट र गोल्डेन बल दुवै अवार्ड जिते । मेसीले ६ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड सँगै उत्कृष्ट खेलाडीको अवार्ड समेत जितेका तिए । त्यतिबेलै मेसीलाई भविष्यको स्टारको रुपमा हेर्न थालिएको थियो । उनले त्यस्तै संकेत देखाएका थिए ।

कोपा अमेरिका २००७

दुई वर्षपछि नै मेसीले अर्जेन्टिनाले सिनियर टिमबाट पहिलो फाइनल खेले । सन् २००७ मा भएको कोपा अमेरिकामा अर्जेन्टिना फाइनलमा ब्राजिल विरुद्ध ३(० ले पराजित भएको थियो ।

उमेर समूहको विश्वकप जितेपछि नै मेसी अर्जेन्टिनाको स्थापित सदस्यको रुपमा टिममा थिए । फाइनलमा ब्राजिलसँग पराजित हुनुअघि अजेन्टिनाले राम्रो प्रदर्शन गरेको थियो र त्यसमा मेसीले उत्कृष्ट भूमिका निभाएका थिए ।

फाइनलमा भने परिचित प्रतिद्वन्द्वी ब्राजिलसँग पराजित हुँदा मेसी सिनियर टिमबाट पहिलो फाइनलमा उपविजेता बने ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

बझाङ केन्द्रविन्दु भएर भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu