ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली–देउवा दुवैलाई जोखिम छ : डा मीनेन्द्र रिजाल


एबीसी न्यूज
१ श्रावण २०८१, मंगलबार   १२ : ४०   बजे

काठमाडौं १ साउन । नेपाली कांग्रेसका नेता डा मीनेन्द्र रिजालले सत्ता सहकार्य गरेका संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले दुवै जोखिममा रहेको बताएका छन्।

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई नै जोखिम रहेको भन्दै त्यसका बाबजुद संविधान संशोधनको विषयमा सफल हुनुपर्ने चुनौती रहेको जिकिर गरे।

‘कहीँ न कहीँ एमाले र कांग्रेसले आफ्ना बीचका अविश्वासहरूलाई बिर्सेर देशप्रतिको आफ्नो जिम्मेवारीलाई सम्झेर केही जोखिम उठाउनुपर्ने थियो। त्यो जोखिम उठाउने कामका निम्ति दुवै नेताहरू सहमत हुनुभयो,’ न्युज एजेन्सीसँगको कुराकानीमा डा रिजालले भनेका छन्, ‘जोखिम छ दुवैलाई। एउटालाई मात्रै छ भन्दिनँ मैले। हामी कुरेर बस्ने पार्टी छौँ। ओलीजीले अहिले नै सुरु गर्नुहुन्छ। त्यसकारण जोखिम छ, नभएको होइन।’

 

उनले एमालेभन्दा बढी जोखिम कांग्रेसलाई नै रहेको पनि बताएका छन्।

‘मेरो पार्टीका लागि बढी जोखिम छ। यो निर्वाचनमा जाने क्रममा एउटा बलियो आधारलाई हामीले गुमाएका छौँ। सहरी क्षेत्रमा हाम्रो निकै नै आधार गुमेको छ,’ रिजालले भने, ‘हुन त दुवै पार्टीको हेर्दा हाम्रो ७ प्रतिशत गुम्यो, एमालेको ६ प्रतिशत गुम्यो। एमालेको ६ प्रतिशतमध्ये ३ प्रतिशत माधवजीको पार्टीले लगेको मत हो नि। त्यस अर्थमा उहाँहरूले ३ प्रतिशत गुमाउनुभयो। हामीले ६ प्रतिशत गुमायौँ।’

यसअघि नै दुईपटक संविधान संशोधन भइसकेको भन्दै त्यसलाई यसअघि नै स्वीकारको विषय दलहरूले बनाइसकेको उनको भनाइ थियो।

‘जोखिमका बाबजुद हामीले पहिला बनाएको संविधानलाई कहीँ न कहीँ अहिलेसम्मको अभ्यासबाट अझ समृद्ध गर्नु छ। परिमार्जन गर्नु छ। यो संविधान छुँदै नछोएको संविधान होइन,’ उनले भने, ‘दुईवटा संशोधन भइसक्यो। त्यसमध्ये एउटा संशोधन त मैले हालेको संशोधनलाई स्वीकार गरेर भएको हो। त्यसैले यो जीवित दस्तावेज हो।’

अहिलेको राजनीति र राजनीतिबाट चुलिएको निराशालाई चिर्नका लागि कुनै न कुनै बेला कांग्रेस(एमाले एक हुनुपर्ने अवस्थालाई मध्यनजर गरी एकपटक एक ठाउँमा उभिएको उनको जिकिर छ।

एमाले र कांग्रेसले आफ्नाबीचका अविश्वासहरूलाई बिर्सेर देशप्रतिको आफ्नो जिम्मेवारीलाई सम्झेर जोखिम उठाएको उनले बताए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group