ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गंगालाल अस्पतालमा १२ घण्टा शल्यक्रिया सेवा


एबीसी न्यूज
१ श्रावण २०८१, मंगलबार   १२ : ५३   बजे

 

काठमाडौं १ साउन । बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले आजदेखि १२ घन्टा शल्यक्रिया सेवा दिने भएको छ ।

अस्पतालमा शल्यक्रिया गर्नुपर्ने बिरामीको संख्या बढिरहेकाले समय बढाउनुपरेको अस्पतालले जनाएको छ ।

अस्पतालको कार्डियोभास्कुलर सर्जरी विभाग प्रमुख डा। रामेश कोइरालाका अनुसार साउन १ देखि बिहान ८ बजेबाट राति ८ बजेसम्म अपरेसन थिएटर सञ्चालन गर्ने निर्णय भएको हो ।

कार्डियोभास्कुलर सर्जरी विभागमा दिनानुदिन शल्यक्रिया गर्नुपर्ने बिरामीको चाप बढ्दै गइरहेको, बिहान ९ बजे सुरु गर्दा एउटा थियटरमा सरदर दुइटाभन्दा बढी शल्यक्रिया गर्न नसकिने भएकाले सेवा अवधि बढाउने निर्णय गरिएको उनको भनाइ छ ।

हाल अस्पतालमा सञ्चालित तीन वटा थियटरबाट दैनिक ६–७ वटा शल्यक्रिया हुँदै आएको छ ।

अपरेसन थिएटरमा बिहान ७ बजेदेखि राति ९ बजेसम्म नर्सिङ स्टाफ तथा अन्य सहयोगी कर्मचारीहरूको व्यवस्था गरिदिन साथै उनीहरूको यातायातको प्रबन्धसमेत मिलाइदिन अस्पतालले अनुरोध गरेको छ ।

अस्पतालले तीन वटा युनिट गठन गरेर अपरेशन र ओपीडी सेवा प्रवाह गर्ने भएको हो ।

युनिट १ मा डा। रविभक्त टिमिला ९युनिट इन्चार्ज०, डा। सिद्धार्थ प्रधान, डा। निर्मल पन्थी, डा। विशाल सिंह र डा। मारिशा अर्याल रहेका छन् ।

यस्तै युनिट २ मा डा। रामेश कोइराला ९युनिट इन्चार्ज०, डा। आभाष कार्की, डा। अपूर्व ठाकुर, डा। अल्का सिंह र डा। धर्मेन्द्र जोशी छन् ।

युनिट ३ मा डा। नविनचन्द्र गौतम ९युनिट इन्चार्ज०, डा। विश्व पोखरेल, डा। निवेश राजभण्डारी, डा। ऋचा जोशी र डा। निशेष बस्नेत छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

सम्बन्धित

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu