ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हराएका बस र यात्रु खोज्न ‘सोनार’ क्यामरा


एबीसी न्यूज
१ श्रावण २०८१, मंगलबार   ३ : १२   बजे

काठमाडौं १ साउन । पानीभित्रका वस्तुहरूको संकेत दिने उपकरण ‘सोनार क्यामरा’ प्रयोग गरेर त्रिशूलीमा शुक्रबारदेखि हराइरहेका दुई बससँगै यात्रुको खोजी सुरु भएको छ । सोमबारदेखि प्रयोगमा ल्याइएको ‘सोनार’ उच्च क्षमताको भएको सशस्त्र प्रहरीको चितवन कुरिनटारस्थित विपद् व्यवस्थपन तालिम शिक्षालयका सहसमादेशक एसपी जनक पुरीले बताए ।

‘सोनार’बाट खोजी स् घटनास्थलभन्दा लगभग १ किलोमिटर तल घुमाउने नजिक त्रिशूली नदीमा मोटरबोटमाथि बसेर ‘सोनार क्यामरा’बाट बस खोज्दै सशस्त्र प्रहरीको टोली । तस्बिर स् रमेशकुमार पौडेलरकान्तिपुर ।

बेपत्ताको खोजीका लागि सशस्त्रको मुख्यालयबाट इन्जिनियरसहित प्राविधिक टोली आएको हो । ‘सोनार क्यामरा’ले तीन सय मिटर गहिराइसम्मको सूचना दिने एसपी पुरीले बताए । ‘यसअघि प्रयोग भएको सोनार क्यामराले पानीभित्र वस्तु छ या छैन भन्नेसम्म संकेत दिन्थ्यो । अहिलेको क्यामराले वस्तुको आकार, आकृति नै देखाउँछ,’ उनले भने ।

 

पुरानो ‘सोनार’ले गरेको संकेतका आधारमा शनिबार गोताखोरहरू त्रिशूलीभित्र गएका थिए । ‘तर पानीको सतहमा कंक्रिटको अलि ठूलो ब्लक रहेछ । यो नयाँ सोनारले ढुंगा भए त्यहीअनुसारको आकृति संकेत गर्छ । बस नै देखिएमा त्यही किसिमको आकृति देखाउनेछ । यसले हामीलाई खोजीकार्यमा निकै सहज हुनेछ,’ एसपी पुरीले भने ।

नदीको पानी धमिलो भए पनि ‘सोनार’ले गर्ने काममा केही फरक नपर्ने उनले बताए । तर, बहाव उच्च भएमा मोटरबोट अड्याएर काम गर्न गाह्रो हुन्छ । उद्धार टोली मोटरबोटमाथि नै ‘स्क्रिन’ राखेर खोज्दै घटनास्थलबाट अगाडि बढेको छ । टोलीले देवघाटमा पनि आएर खोजेको थियो । घटनास्थलबाट ५० किलोमिटर परको गोलाघाटसम्म खोज्दै जाने एसपी पुरीले बताए ।

‘सोनार’ले खोज्न सुरु गरेपछि घटनास्थलमा टोली नै बसेर गर्ने खोजतलास स्थगित गरिएको छ । सोमबार साँझसम्म ‘सोनार’ले घटनास्थलदेखि तल दुई किमिसम्म खोजी गरे पनि केही फेला पारेको भने छैन ।

सशस्त्रका सई रमेशबहादुर थापाले कुरिनटारमै गोताखोरका रूपमा १२ वर्ष बिताइसके । सिमलताल दुर्घटनापछि उनी बेपत्ता यात्रु र बसको खोजीमा निरन्तर जुटिरहेका छन् । ‘हामीलाई खोजीकार्यमा गहिराइसँग समस्या छैन । तर पानी निकै धमिलो भएकाले भिजिबिलिटी शून्य जस्तै छ । बहाव निकै उच्च भएकाले जोखिम पनि धेरै छ,’ थापाले भने । चुनौतीका बाबजुद पनि गोताखोरहरू निरन्तर खोजीमा लागेको उनले बताए ।

‘दुई नटभन्दा बढीको वेगमा ड्राइभिङ गर्न उपयुक्त हुँदैन भन्ने मान्यता छ । दुई नट भनेको पानीको वेग प्रतिघण्टा चार किमि रहनु हो । तर हामी प्रतिघण्टा २० देखि ३० किमि गतिको बहावमा पनि पसेर काम गरिसकेका छौं,’ थापाले भने । बर्खाको पानीमा लेदो, मुढा, दाउरा जस्ता अनेकौं बाधा पुर्‍याउने वस्तुको सामना गर्नुपर्ने उनले बताए ।

आइतबार घटनास्थलभन्दा एक किमि तल सम्भावित स्थलमा लगातार आधा घण्टा पानीभित्र खोजेको उनले बताए । उनका अनुसार पानीले निकै हुत्याउने र जान खोजेको ठाउँमा पुग्न पटक–पटक प्रयास गर्नुपरिरहेको छ । सशस्त्रका अर्का गोताखोर नारायण काउछा पनि खोजीमा लगातार खटिएका छन् ।

‘स्कुपा सेट र औजारको वजन २०–२५ किलो हुन्छ । पानीको बहाव तीव्र भएका बेलामा पानीभित्र टार्गेट गरेको ठाउँमा पुग्नै गाह्रो हुन्छ,’ उनले भने । सशस्त्रका १२ र सेनाका पाँच जना गोताखोर खोजीमा खटिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

शुक्रबार बिहानीपख काठमाडौंबाट गौर आउँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको वाग्मती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस नारायणगढदेखि २२ किमि पूर्वोत्तर भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएको हो । बस नदीमै पुगे पनि गणपति यातायातका तीन यात्रुले पौडेर ज्यान जोगाएका थिए भने बाँकी यात्रु बससँगै बगेका थिए ।

चितवन प्रशासनले गौर आउँदै गरेको बसमा ३८ र काठमाडौं जाँदै गरेको बसमा २७ गरी ६५ यात्रु रहेको जानकारी दिएको छ । सोमबारसम्म नारायणी नदीका विभिन्न ठाउँमा भेटिएका १३ शवमध्ये सातवटा शव सिमलताल दुर्घटनामा बेपत्ताको रहेको पुष्टि भएको छ । अन्य ५५ यात्रुको अवस्था सोमबारसम्म अज्ञात छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu