ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोशीमा बर्खास्तीको प्रतीक्षामा माओवादी मन्त्री, राजीनामा पर्खिँदै मुख्यमन्त्री


एबीसी न्यूज
१ श्रावण २०८१, मंगलबार   ३ : २७   बजे

काठमाडौं १ साउन । कांग्रेस एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि केन्द्रमा नेकपा माओवादी केन्द्र प्रतिपक्षमा पुगेको छ ।

एमाले नेतृत्वको कोशी प्रदेश सरकारमा सहभागी भएको नेकपा माओवादी केन्द्र भने प्रतिपक्षमा बस्न राजी भइसकेको छैन । नयाँ समीकरण बनेपनि माओवादी केन्द्र सरकारमै छ । माओवादी केन्द्रका तीन मन्त्री र एक राज्यमन्त्री नियमित कामकाजमा छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्कीले माओवादी केन्द्रका मन्त्रीसँग राजीनामा मागेका छैनन् । तर एमाले नेतामार्फत सरकार छाड्न घुमाउरो रुपमा आग्रह गरिरहेका छन् ।

‘परिस्थिति बुझेर उहाँहरुले आफैं निर्णय गरेको राम्रो हो’, एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘केन्द्रको समीकरण फेरिएका कारण सोही अनुसार उहाँहरु अगाडि बढ्नुपर्छ ।’ अर्थात माओवादी केन्द्रले सरकार छाड्नुपर्छ ।

माओवादी केन्द्र भने अप्ठ्यारो परिस्थितिमा हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री बनाएका कारण तत्काल सरकार छाड्ने पक्षमा छैन । केन्द्रबाट पनि राजीनामा नदिनू भन्ने सन्देश आएको छ । ‘कति पेल्छन् पेल्न दिनु भन्ने छ’, माओवादी स्रोतले भन्यो, ‘राजीनामा नदिनु बर्खास्त गरुन् भन्ने सन्देश छ ।’

माओवादी केन्द्रबाट भौतिक पूर्वाधार मन्त्री बनेका गणेश उप्रेती माओवादीले नै सहयोग गरेर बनाएको सरकार छाड्नुपर्ने कारण नरहेको बताउँछन् ।

‘हामीले बनाएको सरकार हामीले किन छोड्नु, निकाले भैगो नि’, उनले भने, ‘मुख्यमन्त्रीले राजीनामा माग्नुभएको छैन, निकालेको पनि छैन, उहाँले भन्दा मानेनन् भने आधा घण्टाभित्र बर्खास्त गर्ने संवैधानिक अधिकार छदैछ ।’

माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो तत्काल सरकार छाड्ने पक्षमा नरहेको बताउँछन् । आइतबार मुख्यमन्त्रीसँग आङ्बोले छलफल गरेका थिए । मुख्यमन्त्री सकारात्मक रहेका कारण तत्काल सरकार छाड्ने पक्षमा नरहेको उनले बताए ।

‘हामी तत्काल सरकार छाडिहाल्ने पक्षमा छैनौं, मुख्यमन्त्रीले पनि अफठ्यारो मान्नुभएको छैन’, आङ्बोले भने, ‘केन्द्रको परिस्थिति फरक भएपनि मुख्यमन्त्रीले मिलेर जानुपर्छ भन्नुभएको छ, कोशीको परिस्थिति पनि फरक छ ।’

वर्तमान कोशी प्रदेश सरकारमा माओवादी केन्द्रबाट गणेश उप्रेती पूर्वाधार, राजेन्द्र कार्की स्वास्थ्य, नारायण मगर पर्यटन तथा वन र बन्दना झाँगर पर्यटन तथा वन राज्यमन्त्री छन् ।

मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारविरुद्ध परेको मुद्दाको पूर्णपाठ पनि पर्खिरहेको उनले बताए । सरकार गठनको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा ५ अनुसार मुख्यमन्त्री बनेका केदार कार्कीलाई संकल्प प्रस्तावमार्फत पदमुक्त गर्दै हिक्मतकुमार कार्की सोही उपधारा अनुसार २७ असोज २०८१ मा मुख्यमन्त्री बनेका थिए ।

नयाँ सरकार गठनविरुद्ध केदार कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले हिक्मतकुमार कार्कीको पक्षमा फैसला गर्‍यो, तर पूर्णपाठ आएको छैन । तत्काल माओवादी केन्द्रले सरकार छाडिहाले पूर्णपाठमा उल्लिखित विषयले अप्ठ्यारो पर्ने हो कि भन्ने डर मुख्यमन्त्री कार्कीलाई छ । पूर्णपाठ नआएका कारण उनले माओवादीका मन्त्रीलाई चलाएका छैनन् ।

माओवादी बाहिरिए पनि तत्काल समर्थन फिर्ता नलेओस् भन्ने उनको चाहना छ । तर सरकारबाट फिर्ता भएपछि समर्थन पनि फिर्ता लिने माओवादी केन्द्र संसदीय दलका नेता आङ्बो बताउँछन् ।

‘सरकारबाट बाहिरिएपछि समर्थन गरिराख्ने कुरा आउदैन फिर्ता लिन्छौं’, उनले भने, ‘उपधारा ५ अनुसारको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि कसरी अगाडि बढ्ने संविधानका प्रष्ट छैन, सर्वोच्चको पूर्णपाठले केही भन्ला ।’

नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापा कोशी प्रदेशमा अब एमाले र कांग्रेसको सरकार निर्माण गर्ने बताउँछन् । कांग्रेस सरकारमा आएपछि माओवादी केन्द्र सरकारबाट बाहिरिने उनको भनाइ छ ।

‘संघमा सकियो अब प्रदेशमा भोलिबाट छलफल सुरु हुन्छ’, उनले भने, ‘संघमा माओवादीले सरकार छाडेपछि प्रदेशमा रहने भन्ने हुँदैन, कांग्रेसले टुङ्गो गरिनसकेका कारण माओवादी सरकारमा बसेको हो ।’

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group