ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बंगलादेशमा चर्कियो विद्यार्थी प्रदर्शन, नेपाली विद्यार्थीलाई सुरक्षित रहन दूतावासको आग्रह


एबीसी न्यूज
२ श्रावण २०८१, बुधबार   २ : ३३   बजे

काठमाडौं २ साउन । सरकारी नोकरीमा आरक्षणको विरोध गर्दै बंगलादेशका विद्यार्थीले प्रर्दशन चर्काएपछि त्यहाँका विश्वविद्यालयहरूको माहोल अशान्त बनेको छ। प्रदर्शनका कारण विश्वविद्यालय र शैक्षिक संस्थाहरु अनिश्चितकालसम्मका लागि बन्द भएको भन्दै बंगलादेशस्थित नेपाली दूतावासले नेपाली विद्यार्थीलाई सुरक्षित रहन आग्रह गरेको छ।

बुधबार एक सूचना जारी गर्दै दूतावासले नेपाली विद्यार्थीहरुलाई अत्यावश्यक काम बाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्न आग्रह गरेको छ।

सूचनामा भनिएको छ, ‘बंगलादेशमा जारी कोटा विरोधी प्रदर्शनहरुमा भएका झडपका कारण बंगलादेश सरकारको शिक्षा मन्त्रालयले सम्पूर्ण सरकारी तथा नीजि विश्वविद्यालय र शैक्षिक संस्थाहरु अर्को सूचना जारी नभए सम्मका लागि बन्द रहने भनी गरेको निर्णयको सन्दर्भमा बंगलादेशमा अध्ययनरत सम्पूर्ण नेपाली विद्यार्थीहरुलाई सुरक्षित रहन, अत्यावश्यक काम बाहेक होस्टेल वा आफू बसेको स्थानबाट बाहिर ननिस्कन तथा आ–आफ्नो कलेज प्रशासनको निर्देशन पालना गर्नुहुन अनुरोध गरिन्छ।’

 

मेडिकल शिक्षा अध्ययनका लागि हजारौं नेपाली विद्यार्थी बंगलादेशमा रहेका छन्। दूतावासले विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको र सम्पूर्ण नेपाली विद्यार्थीहरुको शान्ति, सुरक्षा सुनिश्चित गर्न बंगलादेश सरकारका निकायहरु एवं सम्बन्धित कलेज प्रशासनसँग निरन्तर सम्पर्क र समन्वय गरिरहेको समेत बताएको छ।

बंगलादेश सरकारले सन् १९७१ को स्वतन्त्रता युद्धमा लडेका परिवारका सदस्यहरूलाई सरकारी सरकारी जागिरमा आरक्षण दिने निर्णय गरेपछि विद्यार्थीहरू त्यसको विरोधमा उत्रिएका हुन।

हिंसात्मक झडपमा कम्तिमा पनि हजार विद्यार्थी घाइते भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जानएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

वेस्ट बैंकमा इजरायली बस्ती विस्तारको योजनाको ७ देशद्वारा विरोध

इमरान खान अस्पतालबाट परीक्षणपछि जेल फर्किए, चिकित्सकले ‘स्वस्थ’ रहेको बताए

अमेरिकाले इरानविरुद्ध ‘इतिहासकै कडा’ आर्थिक प्रतिबन्ध लगाउने, चीनलाई पनि साथ दिन आग्रह

स्वास्थ्य परीक्षणपछि इमरान खान फेरि जेल फर्काइए

इमरान खानलाई उपचारका लागि निजी अस्पताल लगियो

ड्रोन युद्धका लागि बनाइएको विशेष युनिट नै बन्द गर्दै अमेरिकी सेना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu