ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार रिमाललाई नै बनाउने तयारी


एबीसी न्यूज
२ श्रावण २०८१, बुधबार   ३ : ३२   बजे

काठमाडौं २ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई बनाउने तयारी गरेका छन्।

असार ३१ गते प्रधानमन्त्रीको शपथ लिएर पदभार सम्हालेका ओलीका तर्फबाट रिमालले काम थालिसकेका छन्। यद्यपि, उनको औपचारिक नियुक्ति भएको जानकारी सार्वजनिक गरिएको छैन।

प्रमुख सल्लाहकार तथा सल्लाहकारको नियुक्ति मन्त्रिपरिषद्बाट हुन्छ।

 

‘प्रधानमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल हुनुहुनेछ,’ ओलीको सचिवालयका एक सदस्यले भने, ‘औपचारिक निर्णय केही समयमा हुन्छ।’

ओलीका विश्वासपात्रमध्ये एक रिमाल इन्जिनियरिङ पृष्ठभूमिका नेता हुन्।

नेकपा एमालेका उपमहासचिव समेत रहेका रिमालले यसअघिका तीनवटै कार्यकालमा प्रमुख सल्लाहकार भएर काम गरिसकेका छन्।

पदमा नहुँदा पनि एमाले अध्यक्ष ओलीका हरेक गतिविधिमा रिमालले सहयोग गरिरहेका छन्।

एमालेनिकट मजदुर संगठन नेपाल ट्रेड युनियन महासंघ ९जिफन्ट०का पूर्वअध्यक्ष रिमालले पार्टी कार्यालयलाई डिजिटाइजेसन गराउन भूमिका खेलेका छन्।

पार्टी कार्यालयमा एक्सन रुम निर्माण, पार्टीको एप निर्माणदेखि हरेक गतिविधि सामाजिक सञ्जालमा पठाउन पनि उखले भूमिका खेलिरहेका छन्।

त्यसो त प्रमुख राजनीतिक सल्लाहकार बनाउन अर्का उपमहासचिव प्रदीप ज्ञवालीका विषयमा पनि पार्टीमा छलफल भएको थियो। ज्ञवाली अहिले सरकारका कामलाई प्रभावकारी बनाउन पार्टीका सबै विभागबाट सुझाव संकलन गरी कार्यक्रमको खाका बनाउन व्यस्त छन्।

प्रधानमन्त्री ओलीले स्वकीय सचिवमा राजेश बज्राचार्य नियुक्त गरिसकेका छन्। उनले नेपाल सरकारको सचिवसरह सेवा सुविधा पाउनेछन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

सम्बन्धित

‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu