ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिमलताल दुर्घटनाः चालकका छोराछोरीको पठनपाठनको जिम्मा वीरगञ्ज महानगरपालिकाले लिने


एबीसी न्यूज
३ श्रावण २०८१, बिहिबार   ३ : ११   बजे

काठमाडौं ३ साउन ।   सिमलताल दुर्घटनामा ज्यान गुमाउनुभएका बसका चालक जाहिर महतोका दुई छोराछोरीको पठनपाठनको जिम्मेवारी वीरगञ्ज महानगरपालिकाले लिने भएको छ।

सीमलताल पहिरोमा परेर एन्जल डिलक्स बसका चालक वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ निवासी जाहीर महतोका दुई छोरा १० वर्षको जितु, छ वर्षको बिटु र १३ वर्षीया छोरी प्रिती हुनुहुन्छ। उहाँहरुको पठनपाठनको सम्पूर्ण जिम्मेवारी वीरगञ्ज महानगरपालिकाले लिने नगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभएको हो। बुधबार मृतकका परिवारलाई सान्त्वना दिँदै नगर प्रमुख सिंहले उक्त कुरा बताउनुभएको हो।

विगत २० वर्षदेखि बस चलाउदै आउनुभएका महतोसँग उहाँको परिवारका पाँच जना सदस्य आश्रित हुनुहुन्थ्यो।

त्यसैगरी सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादवले सखुवा प्रसौनी गाउँपालिकाका एकै परिवारका तीन जना र गाउँपालिकामा कार्यरत दुई कर्मचारीलाई जनही एक लाख २५ हजार आर्थिक सहयोग गर्ने जानकारी दिनुभएको छ।

असार २८ गते बिहान चितवनको सिमलतालमा पहिरोमा परी बस बेपत्ता हुँदा बसमा सवार २४ जना बेपत्ता भएका थिए। जसमध्ये १४ जना पर्सा जिल्लाका यात्रु थिए। बेपत्तामध्ये सखुवा प्रसौनी गाउँपालिकाका वडा नम्बर २ जमुनीयाका एकै परिवारका तीन जना हृदय नारायण चौधरी थारु उहाँकी श्रीमती भगवती थरूनी छोरा चन्द्रप्रभासमेत हुनुहुन्छ।

यस्तै सखुवा प्रसौनी गाउँपालिका श्रीपुरमा रहेको अस्पतालमा कार्यरत रेडियोग्राफर कलैया उपमहानगरपालिकाका सृष्टि यादव र ल्याब असिस्टेन्ट सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ३ कलैया देवरवानाका रैफुल अन्सारी पनि बेपत्ता हुनुहुन्छ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group