ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुदूरपश्चिमका मुख्यमन्त्रीले काठमाडौं पठाए अधिवेशन अन्त्यको पत्र


एबीसी न्यूज
३ श्रावण २०८१, बिहिबार   ४ : ४२   बजे

काठमाडौं ३ साउन । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँ स्वास्थ्य समस्याको कारण देखाउँदै नफर्किएपछि सरकारले प्रदेश सभा अधिवेशन अन्त्यको पत्र काठमाडौं पठाएको छ ।

प्रदेश प्रमुख मियाँ प्रधानमन्त्री केपी शर्मा ओलीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन काठमाडौं गएका थिए । मियाँ काठमाडौं जानुअघि नै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । तर प्रदेश प्रमुखले सरकारको सिफारिस कार्यान्वयन नगरी काठमाडौं गएका थिए ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २९ असारमा प्रदेश प्रमुखलाई प्रदेश सभाको चालु अधिवेशन अन्त्य गर्ने सिफारिस गरेको जानकारी दिएको छ । प्रदेश प्रमुखको कार्यालयले भने उनी काठमाडौं उडिसकेपछि मात्र सरकारको पत्र प्राप्त भएको बताउँदै आएको छ ।

प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेश ढुंगानाले बिहीबार उक्त पत्र काठमाडौं पठाइएको जानकारी दिए । ‘उहाँले स्वास्थ्यमा समस्या भएकाले फर्किन समय लाग्ने भयो, यतै पठाउनुहोस् भनेपछि पठाइएको हो,’ उनले भने ।

राजनीतिक समीकरण फेरिएपछि २० असारमा नेकपा एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री दीर्घबहादुर सोडारी अल्पमतमा परेका छन् ।

एमाले सरकारबाट बाहिरिएपछि चालु आर्थिक वर्ष २०८१र८२ का लागि सरकारले ल्याएको बजेट पारित भएको छैन । बजेट पारित नहुँदा र अध्यादेशबाट समेत आउन नसक्दा सुदूरपश्चिममा ‘बजेट होलिडे’ भएको छ ।

सरकारले पठाएको पत्र प्रदेश प्रमुखले कार्यान्वयन गरेपछि अध्यादेशमार्फत बजेट ल्याउने बाटो खुल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमतीका मुख्यमन्त्री थापा मगरले सोमबार विश्वासको मत लिने

प्रधानमन्त्री बालेन शाह निजी भ्रमणमा, थप जानकारी सचिवालयबाट लिन आग्रह

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu