ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह


एबीसी न्यूज
४ श्रावण २०८१, शुक्रबार   ११ : ३९   बजे

काडमाडौं ४ साउन । नेपाली काँग्रेस र नेकपा ९एमाले० ले मुख्यमन्त्री पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न सुदूरपश्चिम प्रदेश सकारकाका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई आग्रह गरेका छन् ।

काँग्रेस र एमालेले बिहीबार संयुक्त रुपमा भनेका छन्, ‘आर्थिक वर्ष २०८१–८२ को प्रदेश बजेट नै आउन नसकी आर्थिक डेडलकको अवस्थामा आइपुग्दा अल्पमतमा रहेको कामचलाउ सरकार र मुख्यमन्त्री सोडारीलाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न दुई दलका नेताले आग्रह गरेका छन् ।

यो गम्भीर परिस्थितिमा संवेदनशील भई प्रदेशको गरिमा बढाउन सहमति, सहकार्य र एकताका साथ अघि बढ्ने प्रदेशमा रहेका राजनीतिक दल र प्रदेश सदस्यलाई आग्रह गर्दछौँ ।’

सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८१–८२ को लागि असार १ गते प्रदेश सभामा प्रस्तुत गरेको बजेट वर्षे अधिवेशन चालू रहँदा रहँदै बजेटमाथिको छलफल अलपत्र परेको छ ।

प्रदेश सरकारले समय छँदै प्रदेश सभामा बजेटमाथिको छलफल गराउनुपर्नेमा जानाजान ढिलासुस्ती गर्नुका साथै अन्य वैधानिक विकल्पको खोजी समेत नगरी प्रदेशलाई बजेट शून्यताको अवस्थामा पुगाएको काँग्रेस र एमालेका सांसदको आरोप छ ।

काँग्रेस कैलालीका सचिव नृपबहादुर सुनार र नेकपा एमाले कैलालीका अध्यक्ष यज्ञराज ढुङ्गानाद्वारा सयुक्त रुपमा जारी विज्ञप्तिमा प्रदेश सरकारले आर्थिक ऐनमार्फत आम्दानी गर्ने र विनियोजन ऐनमार्फत खर्च गर्न पाउने कानुनी प्रबन्ध भएको तर ऐनहरु पारित नभएकाले कर उठाउन र जनताले सेवा लिन पनि कठिन भएको उल्लेख छ ।

२०८१ वैशाख ६ गते नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका दुई जना र एक जना स्वतन्त्र सदस्यको समर्थनमा नेकपा एकीकृत समाजवादीका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । केन्द्रमा बनेको गठबन्धन भत्किएर नयाँ समीकरण बनेपछि प्रदेशमा एमालेले सरकार छाडेको थियो । मुख्यमन्त्री सोडारी संविधानले दिएको सुविधा अनुसार ३० दिनभित्र विश्वासको मत लिने भन्दै चुप बस्नुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

बझाङ केन्द्रविन्दु भएर भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu