ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

६८३ मेगावाटको सुनकोसी-३ निर्माणको ‘मोडालिटी’ बंगलादेशसँग टुंग्याइँदै


एबीसी न्यूज
४ श्रावण २०८१, शुक्रबार   १२ : ५६   बजे

काडमाडौं ४ साउन । नेपाल र बंगलादेशबीच सुनकोसी ३ जलाशययुक्त आयोजना बनाउने विषयमा छलफल हुँदै छ।  साउन १४ र १५ गते पोखरामा हुने दुई देशीय छलफलमा आयोजना निर्माणको मोडालिटी टुंग्याउने तयारी भएको हो।

बंगलादेशले नेपालबाट विद्युत् लैजाने निश्चित भएसँगै आयोजना निर्माणका विषयमा पनि छलफल हुनलागेको छ। बंगलादेशका ऊर्जा राज्यमन्त्री नसरुल हमिद नेतृत्वको प्रतिनिधि ऊर्जा व्यापार सम्झौता गर्न नेपाल आउँदै छन्।

 

सोसँगै यही साउन १३ गते २ वटा सम्झौता हुनेछन्। नेपाल र बंगलादेशबीच विद्युत व्यापार तथा नेपाल, भारत र बंगलादेशबीच प्रसारणलाइन प्रयोगबारे त्रिपक्षीय सम्झौता हुँदै छ। बंगलादेशबाट ऊर्जा राज्यमन्त्रीसहित सचिव र सहसचिवले विद्युत् व्यापारसहित विद्युत् उत्पादनको विषयमा समेत नेपालसँग छलफल गर्दै छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल र बंगलादेशबीच सिन्धुपाल्चोक, रामेछाप र काभ्रेको सीमामा बन्ने सुनकोसी ३ आयोजना अगाडि बढाउनेबारे पनि छलफल हुने जानकारी दिएको छ।

भारत र बंगलादेशका ऊर्जामन्त्री नेपाल आउँदै, १३ गते विद्युत् व्यापार सम्झौता
‘सुनकोसी ३ को लगानी सहमतिको मस्यौदा बंगलादेश पठाएका छौँ’, ऊर्जा मन्त्रालयका सहसचिव नविनमान सिंहले भने, ‘सुनकोसी ३ को विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल हुनेछ।’

नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा आपसी सहयोगका लागि गठित सचिवस्तरीय संयुक्त निर्देशक समिति र सहसचिवस्तरीय संयुक्त कार्यदल छ। साउन १४ गते सहसचिवस्तरीय कार्यदल र १५ गते निर्देशक समितिबीच सुनकोसी निर्माणको विषयमा छलफल हुनेछ।

‘कार्यदल र निर्देशक समितिको एउटा एजेन्डा सुनकोसी ३ को लगानी मोडालिटी हो’, ऊर्जा महाशाखा प्रमुख समेत रहेका सिंहले थपे, ‘दुई देशका मन्त्रीहरुको भेटमा आयोजना विकासको मोडालिटीका विषयमा छलफल हुन्छ।’

२०७९ भदौमा बंगलादेशको विद्युत्, ऊर्जा तथा खनिज स्रोत मन्त्रालयका सचिव मोहमद हबिबुर रहमान नेतृत्वको टोली र नेपालको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, विद्युत् विकास विभाग तथा नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले सुनकोसी ३ आयोजनाको प्रस्तावित निर्माणस्थल र जलाशय क्षेत्रको स्थलगत अवलोकन भ्रमण गरेको थियो।

अवलोकनपछि सचिव रहमानले नेपालसँगको सहकार्यमा सुनकोसी तेस्रो लगायतका जलविद्युत् आयोजना निर्माण अघि बढाउन बंगलादेश इच्छुक र तयार रहेको बताए।

त्यसबाहेक आगामी बैठकमा सोलार इनर्जीमा पनि छलफल हुनेछ। बंगलादेशसँग यसको राम्रो अनुभव छ।

डेढ खर्ब बढी लागत अनुमान, प्राधिकरणले विस्तृत इन्जिनियरिङ गर्दै    विद्युत् विकास विभागले सुनकोसी ३ को सम्भाव्यता र वातावरणीय अध्ययन गरिसकेको छ।

‘सुनकोसी ३ को सम्भाव्यता अध्ययन र वातावरणीय अध्ययन १ वर्षअघि सम्पन्न भएको हो’, विभागका सिनियर डिभिजनल इन्जिनियर गोपीप्रसाद साहले भने, ‘६८३ मेगावाट विद्युत् उत्पादन गर्न सकिने देखिएको छ।’

ईआईए प्रतिवेदनले आयोजनाबाट सिन्धुली, काभ्रे, रामेछाप र सिन्धुपाल्चोकका १३ स्थानीय तहका ४५ वटा वडाहरु प्रभावित हुने देखाएको छ। आयोजनाबाट ३ हजार २ सय ३७ हेक्टर जग्गा डुबानमा पर्नेछ। यसका लागि ३ हजार ३ सय हेक्टर निजी जग्गा अधिग्रहण गर्नुपर्नेछ भने ६ सय ५५ हेक्टर वन क्षेत्रको जग्गा पर्नेछ। आयोजनाबाट ११ हजार ७ सय जनसंख्या विस्थापित हुने देखिएको छ।

वार्षिक रुपमा २ अर्ब ३५ करोड ६२ लाख युनिट उत्पादन हुने विद्युतमध्ये हिउँदयाममा ६२ करोड २३ लाख युनिट उत्पादन हुनेछ। आयोजनाको अनुमानित लागत १ अर्ब ४५ करोड ८० लाख अमेरिकी डलर छ।

विद्युत् प्राधिकरणले सुनकोसी ३ को विस्तृत अध्ययन प्रतिवेदन तयार पार्दै छ।

विद्युत् प्राधिकरणका निर्देशक नसिबमान प्रधानले सुनकोसी ३ को विस्तृत इन्जिनियरिङ अध्ययन गर्नको लागि परामर्शदाता नियुक्त गर्ने प्रक्रिया अघि बढेको बताएका छन्।

‘सम्भाव्यता अध्ययन र वातावरणीय अध्ययन भइसकेको अवस्थामा विद्युत् प्राधिकरणले विस्तृत इन्जिनियरिङ अध्ययन गर्नेछ’, निर्देशक प्रधानले भने, ‘मुख्यतः लगानीको मोडालिटी टुंगिए निर्माणमा अरु व्यवधान हुँदैन।’

बीपी राजमार्गको नेपालथोकबाट करिब एक किलोमिटर रामेछापको खाँडादेवी र काभ्रेको तेमाल गाउँपालिकाको सिमानामा पर्ने लुभुघाटमा १८० मिटर अग्लो बाँध निर्माण गरी नदीलाई थुनिनेछ।

आयोजनाको जलाशय ४५ किलोमिटर माथिसम्म फैलिन्छ। जसअनुसार, सिन्धुपाल्चोकस्थित सुनकोसी नदीतर्फ बलेफी बजारभन्दा माथि र इन्द्रावती नदीतर्फ सिपाघाटसम्म जलाशय फैलिनेछ।

नेपालले २५ साउन २०७५ मा भएको संयुक्त कार्यदल र निर्देशक समितिको तेस्रो बैठकमा जलविद्युत् क्षेत्रमा सहकार्यका लागि ५ वटा जलविद्युत् आयोजनाको प्रस्ताव बंगलादेशसमक्ष गरेको थियो। बैठकमा पहिलो चरणमा सुनकोसी तेस्रोलाई अगाडि बढाउन आयोजनाको संयुक्त रुपमा स्थलगत भ्रमण गर्ने सहमति भएको थियो।

बंगलादेशले सुनकोसी ३ सँगै दोलखा र रामेछाप जिल्लामा पहिचान भएको १७२० मेगावाटको खिम्ती शिवालय जलाशययुक्त आयोजनामा समेत लगानी गर्न इच्छुक रहेको बताउने गरेका छन्।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग कोसी नदी जलस्रोत विकास अध्ययनका क्रममा सन् १९८५ मा आयोजनाको पहिचान गरेको थियो। जाइकाले गरेको अध्ययनलाई सन् २०१४मा अद्यावधिक गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group