ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीले सचिवहरूलाई भने-निर्णय गर्न नडराउनू


एबीसी न्यूज
४ श्रावण २०८१, शुक्रबार   १ : २८   बजे

काडमाडौं ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारका सचिवहरुलाई देशको परस्थिति र आवश्यकताको बोध गर्दै आफ्ना काममा केन्द्रित हुन निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारमा बधाई ग्रहण गर्दै ओलीले सचिवहरुलाई एक दिन पनि आराम नगरी काम गर्नुपर्ने अवस्था रहेको सम्झाए ।

‘एक दिनमा एक पाइला भएपनि अघि सारौं, त्यसका लागि एक दिन पनि आराम नगरी काम गर्नुपर्नेछ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सचिवले भने,‘हामी छिट्टै अतिकम विकसितबाट विकासील राष्ट्रमा स्तरोन्नति हुँदैछौं, त्यसलाई मध्यनजर गरेर सार्वजनिक सेवा प्रवाह, सार्वजनिक प्रशासन, राष्ट्रिय उत्पादन, उत्पादकत्व, विकास, सुशासन, सामाजिक न्याय र जनविश्वासमा सुधारका काम गर्नुस् ।’

सरकारलाई सफल बनाउने जिम्मेवारी कर्मचारीको पनि हुने भन्दै प्रधानमन्त्रीले बजेट पुगेन भनिरहने र विनियोजित बजेट पनि खर्च नहुने अवस्था हटाउने गरी काम गर्न निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले असल नियतका साथ निर्णय गर्न नडराउन आग्रह गर्दै कर्मचारीलाई दुःख दिने नियतका साथ अनुगमनकारी निकायले पनि गतिविधि गर्न नहुने बताए ।

‘अदादतले फैसला गरिहाल्छ भन्ने ढंगबाट भ्रष्टाचार मुद्दामा कमजोर र जथाभावी अभियोजन हुनुहुँदैन,’ प्रधामनन्त्रीको भनाइ उद्धृत गर्दै ती सचिचवले भने,‘दुःख दिने नियत कसैले कतै राख्न हुँदैन ।’

उनले उच्च नैतिक चरित्रका साथ राम्रो कार्यसम्पादन गर्न र राष्ट्रिय हितलाई महत्वका साथ राखेर काम गर्न सचिवहरुलाई भनेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

बझाङ केन्द्रविन्दु भएर भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu