ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बाढी र डुबानको अध्ययन गर्न विपद प्राधिकरणको टोली कञ्चनपुरमा


एबीसी न्यूज
४ श्रावण २०८१, शुक्रबार   २ : ३४   बजे

काडमाडौं ४ साउन ।  कञ्चनपुरमा गत असार तेस्रो साता आएको बाढी र डुबानले परेको प्रभाव र प्रभावितको अवस्था बुझ्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको टोली स्थलग अध्ययन गर्न कञ्चनपुर आइपुगेको छ । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेल र विपद व्यवस्थापन महाशाखा प्रमुख भीष्मकुमार भुसालसहितको टोली जिल्ला आइपुगेको हो ।

प्रभावितको वास्तविक अवस्था बुझ्ने र विपद व्यवस्थापनमा स्थानीयस्तरमा भएको अभ्यासबारे जानकारी लिन प्राधिकरणको टोली यहाँ आइपुगेको विपद व्यवस्थापन महाशाखा प्रमुख भुसालले जानकारी दिनुभयो । “कञ्चनपुरमा अहिलेसम्मकै धेरै पानी परेको रेकर्ड भएको छ ।” उहाँले भन्नुभयो, “विपदका बेला हामीले कस्तो अभ्यास गर्यौँ, अबको तयारी कस्तो छ, स्थानीय सरकार र प्रशासनबीचको समन्वय कस्तो रह्यो यो सबै बुझ्न हामी यहाँ आएका हौँ ।” उहाँले बाढीबाट प्रभावित दोधारा चाँदनी नगरपालिकाका विभिन्न क्षेत्रको स्थलगत अवलोकन गर्ने बताउनुभयो ।

गत असार २३ र २४ गते दोधाराचाँदनी वर्षामापन केन्द्रमा ६२४ मिलिमिटर, बेदकोट नगरपालिका(३ को हनुमाननगर वर्षामापन केन्द्रमा पाँच सय ७३ दशमलव ६ मिलिमिटिर र वेदकोटकै सुन्दरपुर वर्षामापन केन्द्रमा पाँच सय ५५ दशमलव ८ मिलिमिटर वर्षा रेकर्ड भएको थियो । उक्त रेकर्ड वर्षाको जल तथा मौसम विज्ञान विभागको टोलीले अध्ययन गरेर फर्किएको छ । विभागले वर्षा मापन सुरु गरेयताको यो नै उच्च हो ।

अब विकास निर्माण र बस्ती विस्तार गर्ने बेला सोच्नुपर्ने अवस्था आएको प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले बताउनुभयो । “ठूला नदीको रोकथाममा मात्रै होइन साना नदीनालातर्फ पनि ध्यान दिनु आवश्यक छ ।” उहाँले भन्नुभयो, “स्थानीय तह र प्रशासन मिलेर क्षति न्यूनीकरणका लागि पूर्वतयारीमा जुट्नुपर्छ ।” उहाँले कतिपय नदीको सतह बस्तीभन्दा अग्लो भएका कारण बाढीले बढी क्षति गरिरहेको बताउनुभयो । असार २३ र २४ गते आएको बाढीले कञ्चनपुर एक हजार चार सय ६५ परिवारका पाँच हजार सात सय ६६ जना विस्थापित भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्क छ ।

सोमध्ये अझै पनि २५ परिवारका ९० जना घर फर्किन सकेका छैनन् । “जिल्लामा बाढी र डुबानका कारण कति क्षति भयो भन्ने यकीन विवरण अझै सङ्कलन भइसकेको छैन ।” प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले भन्नुभयो, “त्यति बेला जिल्लाको ७१ प्रतिशत भू–भाग डुबानमा परेको थियो, सबैक्षेत्र जोखिममा थियो, धेरै क्षति भएको छ ।” उहाँले अहिले पनि विवरण सङ्कलनको काम भइरहेको बताउनुभयो । रासस

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

बझाङ केन्द्रविन्दु भएर भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu