ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बागमती प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिंदै


एबीसी न्यूज
६ श्रावण २०८१, आइतबार   १२ : ३२   बजे

काठमाडौं ६ साउन । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिंदैछन् ।  नेकपा एमालेले माओवादी केन्द्रसँगको सत्तासाझेदारी तोड्दै नयाँ समीकरण बनाएपछि अल्पमतमा परेका जम्कट्टेल संवैधानिक व्यवस्था अुनसार आज विश्वासको मत लिन लागेका हुन् ।

अल्पमतमा परेको १३ दिनपछि प्रदेश सभामा दिउँसो १ बजे विश्वासको मत लिने तयारीमा रहेका जम्कट्टेलको पक्षमा ३० सांसद मात्रै देखिएका छन् ।

यो अवस्थामा सरकार टिकाइराख्ने जम्कट्टेलसँग कुनै संसदीय विकल्प देखिंदैन । उनको पक्षमा आफ्नै दल नेकपा माओवादी केन्द्रका २१, नेकपा ९एकीकृत समाजवादी०का ७ र हाम्रो नेपाली पार्टीका दुई जना सांसद छन् ।

नेकपा एमाले, नेपाली कांग्रेस र राप्रपाले विश्वासको मत नदिने निर्णय गरेका छन् । प्रतिपक्षी दल नेपाल मजदुर किसान पार्टी ९नेमकिपा० पनि जम्कट्टेलको विपक्षमा उभिने भएको छ ।

२४ असारमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै जम्कट्टेल अल्पमतमा परेका थिए । प्रदेश सभाको दोस्रो कार्यकालका लागि २५ पुस २०७९ देखि जम्कट्टेल मुख्यमन्त्री थिए ।

मुख्यमन्त्री जम्कट्टेलले १८ महिनामा तीन पटक विश्वासको मत लिएर सत्ता टिकाएका थिए । सत्ता समीकरण परिवर्तनसँगै जम्कट्टेलले ३ माघ २०७९ मा पहिलोपटक विश्वासको मत लिएका थिए ।

एमालेले सरकार छाडेपछि कांग्रेस, एकीकृत समाजवादीको समर्थनमा १० चैतमा दोस्रोपटक र कांग्रेसले सरकार छोडेपछि १९ चैत २०८० मा एमाले, एकीकृत समाजवादी, हाम्रो नेपाली पार्टीसँगको समर्थनमा तेस्रोपटक विश्वासको मत लिएर सरकार टिकाए ।

उनले पहिलोपटकमा १०५ जना सांसद, दोस्रो पटकमा ६७ जना सांसद र तेस्रो पटक ५६ जना सांसदको विश्वासको मत पाएका थिए । प्रदेशको साढे ६ वर्षमा निरन्तर सत्तामा रहेका उनी अब प्रमुख प्रतिपक्षीको कित्तामा पुग्नेछन् ।

प्रदेशको पहिलो कार्यकालमा २०७४ देखि ०७८ सम्म आन्तरिक ममिला तथा कानुनमन्त्री बनेका उनी २०७८ देखि २०७९ वैशाखसम्मै आर्थिक मामिला तथा योजना मन्त्री भएर काम गरे । दोस्रो कार्यकालबाट उनी मुख्यमन्त्री भए ।

बागमतीमा अब कांग्रेस र एमालेको सरकार गठन हुनेछ । सत्ता समीकरणको शीर्ष नेतृत्वबीच भएको सहमतिअनुसार सरकारको नेतृत्व कांग्रेसले गर्ने चर्चा छ ।

जम्कट्टेलले मुख्यमन्त्रीबाट बिदा भएर नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढेसँगै सरकारको नेतृत्व कसले लिने भन्ने विषय टुंगो लाग्ने एमालेका एक सांसदले जानकारी दिए ।

११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि कम्तिमा ५६ सांसदको समर्थन आवश्यक रहेकोमा कांग्रेस र एमालेसँग गरेर ६४ सांसद छन् ।

बागमती प्रदेशसभामा सात राजनीतिक दलको प्रतिनिधित्व रहेकोमा सबैभन्दा ठुलो दल कांग्रेसका ३७ र एमालेका २७ सांसद छन् । माओवादी केन्द्रका २१, राप्रपाका १३, एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद छन् ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group