ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी निकायमा चार्टर्ड एकाउन्टेन्टको दरबन्दी व्यवस्था गर्न सरकार सकारात्मक छ : अर्थमन्त्री


एबीसी न्यूज
६ श्रावण २०८१, आइतबार   १२ : ५२   बजे

काठमाडौं ६ साउन । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सरकारी निकायमा चार्टर्ड एकाउन्टेन्टको लागि दरबन्दीको व्यवस्था गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका छन्।

शनिबार साँझ काठमाडौंमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको दसौँ परिषद्को शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले राज्यका संवद्ध निकायहरुमा चार्टर्ड एकाउन्टेन्टको दरबन्दी राख्ने विषयमा सरकार छिट्टै निष्कर्षमा पुग्नेगरी पहल गर्ने प्रतिवद्धता जनाए।

राज्यका संवद्ध निकायहरूमा अर्थ मन्त्रालय,अर्थ मन्त्रालय मातहतका निकाय,महालेखापरीक्षक कार्यालय र त्यसका मातहतका निकाय लगायत अन्य निकायहरुमा चार्टड एकाउन्टेण्टका लागि दरबन्दीको प्रबन्ध गरिने उनको भनाइ थियो।

 

अर्थमन्त्री पौडेलले राज्यमा संवद्ध निकायमा चार्टर्ड एकाउन्टेन्टहरूको लागि दरबन्दीको व्यवस्था हुनुपर्ने मागमा सकारात्मक रहेको पनि बताए।

‘आगामी दिनमा कर प्रणाली र लेखापरीक्षणको विकासमा आधुनिक प्रविधिको प्रयोग सहित चार्टड एकाउन्टेण्टको विधालाई प्रभावकारी,सशक्त र विश्वसनीय बनाउनको निम्ति चार्टड एकाउन्टेन्ट संस्थाले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ,’ उनले भने, छपछिल्ला दिनहरुमा चार्टड एकाउन्टेन्छ सरकारका संवद्ध निकायहरूमा चार्टड एकाउन्टेन्टको दरबन्दी प्रवन्ध हुनुपर्छ भन्ने कोणबाट पनि आवाजहरू उठिरहेका छन्। छलफल चलिएरहेको छ।’

मुलुकको लेखा प्रणालीलाई प्रभावकारी र पारदर्शी बनाउन चार्टर्ड एकाउन्टेन्टहरुको महत्वपूर्ण भूमिका रहने पनि उनले उल्लेख गरे।

अर्थमन्त्री पौडेलले कर प्रणालीमा सुधार, आर्थिक पारदर्शिता, जवाफदेहिता र कर्तव्यपरायणता मुलुकको उन्नतिको पूर्वशर्त रहेको पनि बताए।

आगामी दिनमा कर प्रणाली र लेखा परीक्षणको विकासमा आधुनिक प्रविधिको प्रयोग सहित चार्टड एकाउन्टेन्टको विधालाई प्रभावकारी सशक्त र विश्वसनीय बनाउनको निम्ति चार्टड एकाउन्टेन्ट संस्थाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरे।

‘हामीले लेखापरीक्षणको क्षेत्रमा जुन गुणस्तरको अपेक्षा गरेका छौँ। त्यो गुणस्तर कायम गर्नको लागि राज्यका संवद्ध निकायहरुमा अर्थ मन्त्रालय,अर्थ मन्त्रालय मातहतका निकाय, महालेखापरीक्षक कार्यालय र त्यसका मातहतका निकाय लगायत अन्य निकायहरुमा चार्टड एकाउन्टेण्टका लागि दरबन्दीको प्रबन्ध गर्नुपर्छ,’ उनले भने, ‘त्यो प्रबन्धका साथ सरकारले लेखापरीक्षणको कामलाई अगाडी बढाउनुपर्छ भन्ने कोणबाट माग र विचारहरू आइरहेका छन्। त्यसमा मेरो सकारात्मक दृष्टिकोण रहेको छ। केही समय लाग्नसक्छ। यो मागलाई सार्थक तुल्याउनको निम्ति पहल कदमी लिन्छु।’

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चार्टर्ड एकाउन्टेन्टले देखाएको पारदर्शी दक्षताले सरकारी निकायहरुमा चार्टर्ड एकाउन्टेन्टको दरबन्दी गर्नुपर्ने महसुस गरेको बताए।

सरकारले सरकारी निकायहरूमा लेखापरीक्षणमा चार्टर्ड एकाउन्टेन्टहरूले देखाएको राम्रो कामका आधारमा दरबन्दीकै व्यवस्था गर्ने पक्षमा सरकार पुगेको उल्लेख गरे।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

सम्बन्धित

दोलखाको गौरीशंकरमा बाढीपहिरो : एकजना बेपत्ता, ४ जना उद्धारको पर्खाइमा

भारतमा चर्को बन्दै ककरोच पार्टीको आन्दोलन: प्रदर्शनमा प्रहरी दमन

२४ घण्टामा देशभर विपदका ६६ वटा घटना

युक्रेनी राष्ट्रपतिले किन हटाए सेना प्रमुख ?

अर्थसम्बन्धी बैठकमा अर्थमन्त्री किन अनुपस्थित? प्रधानमन्त्री–अर्थमन्त्री सम्बन्धमा बढ्दो दूरीको संकेत

बझाङ केन्द्रविन्दु भएर भूकम्प

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu