काठमाडौँ, १५ फागुन । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहिले मंगलबार विश्वासको मत लिएका छन् । मंगलबार बसेको बैठकले प्रदेश सरकारको पक्षमा स्पष्ट दुईतिहाईभन्दा बढि मत प्राप्त गरेको छ । सरकारको पक्षमा ३२ मत खसेको छ भने विपक्षमा ६ मत खसेको छ ।
एक सांसद रहेको राप्रपाले चुनावमा बामगठबन्धनको पक्षमा मत हालेपनि मंगलबार सरकारको विपक्षमा मतदान गरेको छ । कर्णाली प्रदेश ६ मा ३९ सांसद छन् । एमालेको १९, माओवादी केन्द्रको १३, कांग्रेसको ५ र राप्रपाको १ जना सांसद छन् ।
प्रतिक्रिया दिनुहोस्