ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वमन्त्री रायको हत्या आरोपमा उनकै घरमा काम गर्ने युवक पक्राउ


एबीसी न्यूज
७ श्रावण २०८१, सोमबार   १२ : ४५   बजे

काठमाडौं ७ साउन । सर्लाही, चन्द्रनगर गाउँपालिका १ रतनपुरका पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीले रायको घरमा काम गर्ने कबिलासी नगरपालिका–३ का २१ वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा ३ जना अपरिचित व्यक्तिहरू आएर जग्गाको विषयमा कुराकानी गरेको उनले प्रहरीलाई बताएका छन्।

तर, उनीहरूबीच कुरा भइरहँदा आफू सुत्न गएको बताएका ती युवकले पछि शौचालय जाँदा रायको शव फेला पारेको प्रहरीलाई बताएका छन्।

घटना हुँदा केही थाहा नपाएको बताएका उनले नै प्रहरीलाई राति १ बजेतिर खबर गरेका थिए।
धारिलो हतियार प्रहार गरी ८० वर्षीय रायको आफ्नै घरमा गएराति हत्या भएको प्रहरीले जानकारी दिएको छ।

राय मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त हुनासाथ पुगेको जिल्ला प्रहरी कार्यालय सर्लाहीको टोलीले हत्यामा प्रयोग भएको धारिलो हतियार दाउ बासको झ्याङ्गमा फेला पारेको छ।

फरार व्यक्तिहरूको पनि प्रहरीले खोजी गरिरहेको मधेश प्रदेशका प्रहरी प्रमुख डीआईजी यज्ञविनोद पोखरेलले जानकारी दिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group